Comments Add Comment

नुवाकोटलाई केन्द्र बनाएर ४.९ रेक्टर स्केलको भूकम्प

Earthquake-Dessaster-sunday

२० वैशाख, काठमाडौं । नुवाकोटको ओखरपौवालाई केन्द्र बनाएर आइतबार अपरान्ह भूकम्प गएको छ । ५ बजेर २० मिनेट जाँदा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यका सहित नुवाकोट आसपासका जिल्लामा महसुस गरिएको छ । काठमाडौंका बासिन्दा धक्का महसुस गर्ने बित्तिकै घरबाट बाहिर निस्किएका थिए ।

आइतबार बिहान तीन पटक भूकम्पको महसुस भएको थियो । आइतबार आएका मध्ये पछिल्लो धक्का सबैभन्दा ठूलो  हो ।

शनिबार गोरखाको वारपाकलाई केन्द्र बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प जाादा ठूलो जनधनको क्षति हुँदा राष्ट्रिय संकट उत्पन्न भएको छ । त्यसपछि पटक पटक धक्का महसुस भएपछि नेपालीहरु त्रसित छन् ।

तर भूगर्भविदहरुले यसलाई स्वाभाविक मान्छन् । यो पराकम्पनबाट आत्तिन नपर्ने तर सजग हुनुपर्ने बताउँछन् । यसअघि चर्किएका घरहरु बस्नयोग्य भए नभएको एकीन नभएसम्म घरमा जानु हुँदैन । बस्न योग्य छ की छैन भनेर आफ्नो घरको आफैले परीक्षण गर्न सकिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment