Comments Add Comment

राजश्व विभाग र एसबीआई बैंकको ५०/५० लाख सहयोग

Takukot, Gorkha (17)

२० वैशाख, काठमाडौं । भूकम्पबाट पीडित जनतालाई आन्तरिक राजस्व विभागले ५० लाख ३४ हजार रुपैयाँ सहयोग गरेको छ । विभागले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको खातामा जम्मा गरेको जनाएको छ ।

विभागका देशभर रहेका ४५ कार्यालयहरुमा कार्यरत १ हजार ३५४ जना कर्मचारीहरुले उक्त रकम संकलन गरेका हुन् ।

रत्न अभूषण संघको १५ लाख

नेपाल रत्न आभुषण संघले भूकम्प पीडितलाई राहत दिनका लागि १५ लाख रुपैयाँको सहायता कोष खडा गरेको छ । संघले तत्काल राहत दिनका लागि नेपाल उद्योग बाणिज्य महासंघको अपरेशन रीलिफ फन्डमा १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

संघले उक्त रकम बराबरको चेक नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।

यसैबीच कोककता जेम्स एण्ड ज्वलरी एशोसिएसनले भारतिय प्रधानमन्त्री नेरेन्द्र मोदीको नेपाल अर्थको एक रिलिफ फन्डमा दुई लाख र नेपाल रत्न तथा आभुषण संघको सहायता कोषमा ५ लाख २० हजार रुपैयाँ सहयोग गरेको छ ।

एसबीआईको ५० लाख

नेपाल एसबीआई बैंकले भूकम्प पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमार्फत उक्त सहयोग गर्न लागेको हो ।

भृकुटीको एक लाख
बुटवलमा केन्द्रिय कार्यालय रहेको भृकुटी डेभलपमेन्ट बैंकले भूकम्प पीडितलाई एक लाख रुपैयाँ नगद सहयोग गरेको छ । बैंकले यो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ ।

परिसंघको राहत वितरण जारी

नेपाल उद्योग परिसंघले अहिलेसम्म करिव ५० लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको जनाएको छ । परिसंघ र मह संचारको पहलमा संचालित नागरिक राहत कोष मार्फत उक्त सहयोग गरिँदै आएको हो ।

आइतबार धादिङवेशीमा पूर्व राजदूत डा. शम्भु सिंखडाको हातबाट परिसंघले प्रमुख जिल्ला अधिकारीलाई विभिन्न राहत सामागि्र हस्तान्तरण गरेको छ । परिसंघ हस्तान्तरण गरिएका राहत सामाग्रीहरुमा चिउरा, चाउचाउ र कम्बल छन । राहत वितरण कार्य जारी रहेको परिसंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment