Comments Add Comment

चाँडै सेयर बजार सञ्चालनमा आउने

२० वैशाख, काठमाडौं । एक साताअघि गएका भूकम्पका कारण ठप्प रहेको सेयर बजारलाई शीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

nepal stockभूकम्पका कारण सेयर बजारसँग सम्बन्धित विभिन्न कार्यालयमा भौतिक क्षति भएको र ती कार्यालयमा कार्यरत कर्मचारी प्रभावित भएका कारण गत सातादेखि कारोबार ठप्प हुँदै आएको छ ।

सेयर कारोबारको सहजकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड बसेको थापाथलीस्थित भवन भत्किएका कारण त्यहाँबाट कारोबार हुने अवस्था छैन भने ब्रोकर कम्पनी बसेका अधिकांश भवनमा क्षति पुगेको छ ।

स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले यथाशीघ्र भौतिक संरचना मर्मत गेरेर र कर्मचारीलाई कार्यालयमा बोलाएर कारोबार सञ्चालन गर्ने तयारी भइरहेको राससलाई जानकारी दिए ।

उनले कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन पनि केही समय लाग्ने भएकाले तयारी आवश्यक पर्ने उल्लेख गरे ।

भूकम्प आउनुभन्दा एक साताअघि नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीका छ हजार ६९० कारोबारबाट रु ९० करोड ७५ लाख ७६ हजारबराबरका २६ लाख २३ हजार ४४० कित्ता सेयर खरिद बिक्री भएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment