Comments Add Comment

टोखामा विप्लवले बनाए भूकम्प पीडितका लागि टहरा

biplab tahara-tokha२० वैशाख, काठमाडौ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भूकम्प पीडितहरुको सहयोगार्थ आफै सक्रिय भएर लागेका छन् । काठमाडौको विभिन्न ठाउ“को सफाइ अभियानमा जुटेका विप्लवले शनिवार रक्तदान समेत गरेका थिए ।

नेता विप्लव आफै आइतबार टोखा नगरपालिकाको झोरस्थित लालबीरचोकमा पीडितहरुका लागि टहरा निर्माणमा खटिएका थिए । कार्यकर्ताहरुको साथमा उनी आफै खटिएर पीडितहरुका लागि ७ वटा टहरा निर्माण गरेको टहरा निर्माणमा खटिएका अखिल क्रान्तिकारीमा महासचिव खगेश्वर केसीले बताए ।
गत बैशाख १२ गतेको भूकम्पले भत्काएका घरहरुलाई हटाइ बा“स र टीन प्रयोग गरी टहराहरु निर्माण गरिएको हो ।

टोखाको लालबीर चोेक राजधानीकै टोल भएर पनि राहत नपुगेकोले आफूहरु राहत कार्यमा जुटेको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए । जनश्रममा जुट्न कार्यकर्ताहरुलाई आह्वान गर्दै आफू पनि लागि परेको प्रकाण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment