Comments Add Comment

आइपीएलमा मुम्बई इन्डियन्सको लगातार तेस्रो जित

२० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले लगातार तेस्रो जित निकालेको छ । पुछारमा रहेको किगंस इलाभेन पंजाबबिरुद्ध मुम्बईले आइतबार २३ रनको जित निकालेको हो ।

Mumbai Indiansहारसँगै पंजाबको इलिमिनेटरको सम्भाबना सकिएको छ । पछिल्ला ९ खेलमा पंजाबको यो ७ औं हार हो । मोहालीमा भएको खेलमा मुम्बईले २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १७२ रन बनायो । जवाफमा पंजाबले मात्र १४९ रन बनाउन सक्यो ।

मुम्बईका लागि ओपनर लिण्डन सिमोन्सले ७१ तथा पार्थिब पटेलले ५९ रन बनाए ।

पंजाबका मिचेल जोनशोन, करणभिर सिंह र अनुरित सिंहले समान १-१ विकेट लिए ।
पंजाबका लगि डेभिड मिलरले ४३ तथा मुरली विजयले ३९ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment