Comments Add Comment

एमाले मुख्यालय काम नलाग्ने गरी भत्कियो (फोटो कथा)

Balkhu UML party office_crack after earthquake  (4)

२० वैशाख, काठमाडौं ।  बल्खुस्थित नेकपा एमालेको मुख्यालयमा पुग्दा आइतबार दिउँसो सशस्त्र प्रहरीले झ्याल फुटाइरहेका थिए । मूलढोकाबाट मुख्यालयमा पस्न खोजेका प्रहरीले नसकेपछि चोरबाटो प्रयोग गरेका हुन् ।

एमाले मुख्यालयमा ‘रेड’ हान्नका लागि प्रहरीले यस्तो कार्य गरेको होइन । भूकम्पका कारण बस्नै नहुने गरी क्षति पुगेपछि उद्दारका लागि आइतबार सशस्त्र प्रहरीको टोली एमाले मुख्यालयमा प्रवेश गरेको हो ।

गत शनिबार आएको भूकम्पले एमालेको मुख्यालयको मूल पिल्लर नै भाँचिदिएको छ भने भवन थोरै पूर्वतिर ढल्किएको छ । बाहिरबाट हेर्दा भव सग्लोजस्तो देखिए पनि बस्नै नहुने गरी भत्किएको प्रचार विभागमा उपप्रमुख सूर्य थापाले अनलाइनखबरलाई  बताए ।
Balkhu UML party office_crack after earthquake  (22)
‘बल्खुमा २० वर्ष पहिलेदेखि बस्दै आएको नेकपा एमालेको मुख्यालय अब रहेन’ थापाले अनलाइनखबरसँग भने, ‘सशस्त्र प्रहरीको टीमको मद्दतमा आइतबार कार्यालयका सामान र कागजपत्र झिकेर चोरीमा त्रिपालहरु राखिएको छ, आइतबारै बसेको स्थायी कमिटीको बैठकमा नयाँ कार्यालय खोज्नेबारे छलफल भएको छ ।’

छेऊमा रहेको पार्टीको निर्वाचन आयोगको कार्यालय रहेको भाडाको घरसमेत भत्केको थापाले बताए ।

भूकम्प भोलिपल्ट एमालेको बैठक कार्यालयको चौरीमा बसेको थियो । त्यसपछि हाउजिङ व्यवसायीसमेत रहेका सभासद इच्छाराज तामाङको पहलमा विशेषज्ञको टोलीले भवनको जाँच गरेको थियो । तर, विशेषज्ञले जाँच गर्दा भवनमा बस्न नसकिने निश्कर्ष निकालिएपछि आइतबार कार्यालयबाट सामान झिकिएको हो ।

Balkhu UML party office_crack after earthquake  (25)
एमाले मुख्यालयमा  कार्यालय सामाग्री, सचिवाल, पुस्तकालय, संगठन विभागका सामाग्री तथा लेखा विभागका कागजातहरु छन् । ०४६ सालको परिवर्तनपछि व्यवस्थित कार्यालय निर्माण गर्नेमा एमाले पहिलो पार्टीका रुपमा स्थापित भएको थियो ।

बल्खुमा पार्टी कार्यालय बनाउनमा उपाध्यक्ष एवं गृहमन्त्री वामदेव गौतमको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको थियो ।

एमाले मुख्यालयका केही दृश्यहरु

Balkhu UML party office_crack after earthquake  (1)

Balkhu UML party office_crack after earthquake  (16) Balkhu UML party office_crack after earthquake  (9) Balkhu UML party office_crack after earthquake  (10) Balkhu UML party office_crack after earthquake  (11)Balkhu UML party office_crack after earthquake  (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment