Comments Add Comment

बिहारका मुख्यमन्त्री नीतिशकुमार नेपाल आउन पाएनन्

Nitish-Kumar

२१ वैशाख, काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारलाई नेपाल आउन दिल्लीस्थित विदेश मन्त्रालयले रोक लगाएको छ ।

नेपाल आउन लागेका मुख्यमन्त्री नीतिश कुमारलाई भूकम्पका कारण नेपालमा ठूलो क्षति भएको अवस्थामा अहिले नेपाल जानु उपयुक्त नरहेको त्यहाँको विदेश मन्त्रालयले सुझाव दिएको भारतीय सञ्चारमाध्यम पीटीआइले लेखेको छ ।

विदेश मन्त्रालयको सुझावपछि नीतिशकुमारले नेपाल भ्रमण स्थगन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्यमन्त्री नीतिश जनकपुरस्थित राम जमानकी मन्दिरमा आउने कार्यक्रम थियो ।

भूकम्पका कारण राम जमनकी मन्दिरमा समेत सामान्य क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment