Comments Add Comment

घाइतेको उपचारका लागि साढे तीन करोड निकासा

२१ वैशाख, काठमाडौ । विनाशकारी भूकम्पबाट घाइते भएकाहरुलाई निशुल्क उपचार गराइरहेका अस्पतालहरुका लागि सरकारले ३ करोड ५८ लाख रुपैयाँ निकासा गरेको छ ।
Ghaite
केन्द्रीय दैवी प्रकोप उद्दार कोषबाट प्राप्त २ करोड र नेपाल सरकारको कोषबा एक करोड ३० लाख गरी ३ करोड ५८ लाख रुपैयाँ बजेट औषधि उपकरण र प्रकोप नियन्त्रणका लागि निकासा गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गुणराज लोहनीले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार वैशाख २० गतेसम्मका लागि ७४ वटा अन्तर्राष्ट्रिय टिम परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा एक सयभन्दा बढी राष्ट्रिय तथा गैरआवासीय नेपाली मेडिकल विशेषज्ञहरुको टिम परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

भूकम्प प्रभावित कतिपय क्षेत्रहरुमा अहिलेसम्म उद्दारसमेत हुन नसकिरहेका बेला सरकारले भने एक हजारभन्दा बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरु भूकम्प प्रभावित क्षेत्रहरुमा परिचालित भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment