Comments Add Comment

भूकम्प पीडितलाई कुमारी बैंकको ५१ लाख सहयोग

Kumari bank२१ वैशाख, काठमाडौं । विनाशकारी महाभूकम्प पीडितलाई कुमारी बैंकले ५१ लाख रुपैयाँ बराबरको भौतिक सहयोग गर्ने घोषणा गरेको छ । घरबारबीहिन भएका पीडितलाई पूर्नबासमा सहयो होस् भन्ने उद्देश्यले बैंकले उक्त सहयोग गर्न लागेको हो ।

बैंकले भूकम्पमा क्षतिग्रस्त घरहरु पुनर्निर्माण गर्दा आवश्यक पर्ने कर्कटपाता खरिद गर्न ४६ लाख रुपैयाँ र काठमाडौंको कुमारी घरको आन्तरिक मर्मत सम्भारमा ५ लाख रुपैयाँ उपयोग हुने गरी सहयोग प्रदान गर्न लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment