Comments Add Comment

भूकम्पले लोमान्थाङ दरबार चर्कियो

फाइल तस्वीर ।
फाइल तस्वीर ।

२१ वैशाख, मुस्ताङ । भूकम्पका कारण मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार चर्किएको छ । दरबारको चारैतर्फका भाग चिरा परेको छ भने वरपरका गुम्बाहरू जीर्ण बनेका छन् ।

दरबारभित्र रहेका छयादेन गुम्बामा बढी क्षति पुगेको छ । करिब १५औँ शताब्दीतिर निर्माण गरिएका दरबार र गुम्बा भत्किने अवस्थामा पुगेपछि तत्काल मर्मत गर्नुपर्ने देखिएको छ ।

सरकारले ऐतिहासिक दरबार र गुम्बाको संरक्षणका लागि पर्याप्त बजेट विनियोजन नगर्दा अहिले समस्या आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नरहरि बरालले लोमान्थाङ दरबारसहित गुम्बा र मठमन्दिरमा करोडौँको क्षति पुगेको जानकारी दिए । भूकम्पका कारण जिल्लामा ३१२ घर तथा भवनमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसमा ६० घर तथा भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने बाँकीमा आंशिक क्षति पुगेको छ । माटोले निर्माण गरिएका कारण अधिकांश सरकारी कार्यालयको भवन चर्किएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment