Comments Add Comment

एनसेलको निःशुल्क ब्यालेन्स र एसएमएस जारी

२१ वैशाख, काठमाडौं । एनसेलले सोमवार पनि ग्राहकका आकस्मिक संवाद सुनिश्चित गर्न ब्यालेन्स र एसएमएस प्रदान गरेको छ ।

यस अन्तर्गत एनसेलले सोमवार १० भन्दा कम ब्यालेन्स भएका ग्राहकलाई पुनः ३० रूपैयाँ ब्यालेन्स प्रदान गरेको छ । यो ब्Ncell-Towerयालेन्स ग्राहकले कुनै पनि नेटवर्कमा कल, एसएमएस गर्न अनि डेटा चलाउन प्रयोग गर्न सक्छन् ।

साथै, कम्पनीले ५० भन्दा कम एसएमएस रहेका ग्राहकलाई शनिवार पनि निःशुल्क ५० एसएमएस गर्न सक्ने सुविधा सुनिश्चित गरेको छ ।

एनसेलले ग्राहकलाई ब्यालेन्स नभए पनि स्काईप र भाईबरमा भ्वाइस र टेक्स्ट गर्न सकिने सुविधा पनि प्रदान गरिरहेको छ ।

‘यी आकस्मिक संचार सुविधाले हाम्रा समस्त ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा सहज बनाउने विश्वास छ’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

सोमवार विहान एनसेलका ९४ प्रतिशतभन्दा बढी टावरले ग्राहकलाई नियमित तथा आकस्मिक सेवा प्रदान गरिरहेका छन् । साथै अति प्रभावित क्षेत्रमा तत्कालिन समाधानको रूपमा मोवार्इलटावर प्रयोग गर्दै सेवा सुचारू गर्ने कार्य गरिरहेको छ ।

एनसेलका सम्पूर्ण एनसेल सेन्टरहरू संचालनमा रही ग्राहकलार्इ सेवा प्रदान गरिरहेका छन् । यी सेन्टरबाट ग्राहकले सहजरूपमा सिमकार्ड, रिचार्ज कार्ड लगायतका सेवा प्राप्त गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment