Comments Add Comment

गोरखाको रिप गाउँमा चलचित्रकर्मी, पाल पाउँदा खुशी भए बासिन्दा

pabitra-rahat-bitaran
भूकम्प प्रभावीतहरुको ठाउँमा पुगेर आफै राहत वितरण गर्न चलचित्रकर्मीहरु पनि पछि परेका छैनन् । चलचित्र क्षेत्रका लागि भगवान नै मानिने जनता विपत्तमा पर्दा चलचित्रकर्मीहरु चुप छैनन् । जसका कारण पनि उनीहरु विभिन्न स्थानमा पुगेर राहत वितरण गरिरहेका छन् ।

निर्देशक बसन्त निरौला, कलाकार पवित्रा आचार्य सहितको एक टोली गोरखाको विकट गाउँ रिप पुगेको छ । चेप्राङ गावीस वडा नम्बर ६ मा रहेको यो गाउँमा कुनै पनि राहतको सामाग्री नपुगेको निर्देशक निरौलाले जानकारी दिएका छन् । २३ घर रहेको यो स्थानमा गाडीबाट झरेर करिब २ घन्टा हिड्नु पर्दछ । basanta-rhat-bitaran
यो स्थानमा अन्य समयमा पनि सहयोगको खाँचो रहेको कलाकार पवित्रा आचार्यले जानकारी दिइन् । उनीहरुले ३५ वटा त्रिपाल, ८४ मिटर लामो म्याट, २३ बोरा चिउरा र भुजा, चाउचाउ, सावुन, सलाई, डोरी लगायतका सामाग्री चलचित्रकर्मीले वितरण गरेका थिए ।

स्थानिय बासिन्दाले आफूहरुले कुनै पनि राहतका सामाग्री नपाएको भन्दै उनीहरुसँग गुनासो गरेका थिए । चितवनका स्थानिय संघसंस्थासँग मिलेर उनीहरुले राहत वितरण गरेका थिए । basanta-pabirta-rahat

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment