Comments Add Comment

सिटिजन्स बैंकको एक करोड सहयोग

Citizen-Bank-International

२१ वैशाख, काठमाडौं । भूकम्प पीडितलाई सिटिजन्स बैंक इन्टरनेसनलले एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बैंकले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप उद्धारा कोषमा जम्मा गर्ने र बाँकी ५० लाख रुपैयाँको राहत सामाग्री खरिद गरेर आफै वितरण गर्ने भएको छ ।

बैंकले वैशाख १८ गते खोकनाका भूकम्प पिडीतको उद्धारका लागि ८ सय थान हेल्मेट, ६० थान सावेल, ८ थान व्हील ब्यारोे, ३४५ जोर गमबुट, ३० थान पिक, ८ सय जोर पञ्जा, ८ थान ट्रली लगायतका उद्धार सामाग्री उपलब्ध गराइसकेको छ ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रकम संकलन गर्ने प्रयोजनका लागि बैंकमा ००१०००२५६२ सीए नम्बरको खाता समेत खोलेको छ । बैंकले सम्पूर्ण स्वदेशी तथा विदेशी व्यक्ति, संघसंस्था , व्यवसायिक फर्म, एजेन्सी लगायत बैंकका कर्मचारीहरु समेतलाई सक्दो रकम जम्मा गरिदिन आग्रह समेत गरेको छ ।

यस खातामा जम्मा भएको सबै रकम पछि प्रधानमन्न्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment