Comments Add Comment

भूकम्प पीडितका लागि विशेष संकल्प प्रस्ताव ल्याइने

२१ वैशाख, काठमाडौं । सरकारले संसदको आगामी बैठकमा भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत तथा पुनःस्थापनासहितको विशेष संकल्प प्रस्ताव पेस गर्ने भएको छ ।

3-Party-Meeting-in-Baluwata

व्यवस्थापिका-संसदको बैठक आउँदो २४ गते बस्दैछ । सो बैठकमा सबै दलको तर्फबाट साझा कार्यक्रम पेश गर्ने सरकारको तयारी छ ।

विपत्तिमा सत्तापक्ष वा विपक्ष भन्नुभन्दा पनि एकढिक्का भएर भूकम्प प्रभावित क्षेत्रका लागि राहत र पुनःस्थापनाको दीर्घकालीन कार्ययोजना कस्तो बनाउने भन्नेबारे सोमबार नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राहत र उद्धारका लागि सरकारका तर्फबाट विशेष संकल्प प्रस्ताव ल्याउन र त्यसमा सबै दलको समझदारी जुटाउन प्रधानमन्त्री सुशील कोइरालालाई जिम्मा दिएको छ ।

‘भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको कामलाई कसरी व्यवस्थित गर्ने र राष्ट्रिय संकटको यस घडीमा सम्पूर्ण दल एकताबद्ध भएर संकल्पका साथ कसरी अगाडि बढ्ने सहमति भयो,’ एमाले उपाध्यक्ष भीम रावलले भने ।

विदेशी टोलीलाई धन्यवादसहित विदाइ

भूकम्पबाट प्रभावितहरुलाई राहत, उद्धार र पुनःस्थापनाको कामका लागि विभिन्न मुलुकबाट आएका सहयोगी टोलीलाई प्रमुख दलको बैठकले धन्यवाद दिएको छ । ति टोलीलाई आ-आफ्ना देश फर्कन सरकारले यसअघि गरेको आग्रहमा प्रमुख दलले सहमतिसमेत जनाएका छन् ।

बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘उद्धारको काम अन्तिम चरणमा पुगेकाले आवश्यक विज्ञ टोलीबाहेक अन्य सबैलाई धन्यवाद दिई आ-आफ्ना देश फर्काउने सरकारको निर्णयमा प्रमुख दलले सहमति जनाएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment