Comments Add Comment

भूकम्पमा मृत्यु हुनेको सम्झनामा सामुहिक मुण्डन

२१ वैशाख, बिराटनगर । भूकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिराटनगरका युवाले सोमबार सामूहिक रुपमा कपाल खौरिएर मुण्डन गरेका छन् ।

Kesh-Mundan

लियो क्लब अफ बिराटनगर सेन्टरले भूकम्पमा परी ज्यान गुमाएकाहरुको १० औं दिनको पूण्यतिथिमा सामुहिक मुण्डनसहित श्रद्धाञ्जली सभा गरेको छ ।

जनआन्दोलन चोकमा आयोजित कार्यक्रममा क्लबमा आवद्ध युवा तथा सर्वसाधारणले केस मुण्डन गरेका थिए ।

सो अवसरमा लायन्स क्लब डिस्ट्रीक काउन्सिल ३२५ ए वानका सेक्रेटरी सुरेश कार्कीले केस मुण्डन गरे । लायन्स क्लब ३२५ ए वानका डिस्ट्रिक गर्भनर भीम घिमिरे र भाइस डिस्ट्रिक गर्भनर लीला ढुंगेलको सहभागितामा भएको कार्यक्रममा १ मिनेट मौनधारण गर्नुका साथै शोक पुस्तिकामा हस्ताक्षरसमेत गरिएको आयोजक क्लबका अध्यक्ष सुरज भट्टराईले जानकारी दिए ।

भूकम्पमा ध्वस्त भएको काठमाडौंको ९ तले धरहराको स्वरुपसमेत कार्यक्रममा प्रदर्शन गरिएको थियो । कार्यक्रममा बिराटनगरस्थित १२ वटै लियो क्लबका पदाधिकारीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment