Comments Add Comment

करोडमाथि सहयोग गर्ने दाताको संख्या तीन दर्जन नाघ्यो (सूचीसहित)

Sindhupalchowk Thangpal Dhap after earthquake

२१ वैशाख, काठमाडौं । गत शनिबार विनाशकारी भूकम्प गएलगत्तै स्वदेशी विदेशी दाताहरुबीच सहयोगको होडबाजी चलिरहेको छ । कतिपय भूकम्प पीडितलाई सहयोग गर्न अभियान नै चलाइरहेका छन् ।

आर्थिक सहयोग जुटाउने अभियानमा स्वदेशी नागरिकदेखि विदेशी सेलिब्रेटीसम्म छन् । यस अवधिमा २५ अर्ब रुपैयाँको हाराहारीमा सहयोग घोषणा भइसकेपनि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोष भने रित्तै छ ।

अहिलेसम्म विभिन्न दाताको १८ करोड रुपैयाँमात्र जम्मा भएको कोषले जनाएको छ । भुटानले सहयोग गरेको १० करोडको चेक प्राप्त भइसकेपनि अहिलेसम्म रकम जम्मा भइसकेको छैन ।

भूकम्प पीडितलाई सहयोगको घोषणा गर्ने पहिलो संस्था प्यासिफिक एशिया ट्राझ एशोसियसन (पाटा) हो । छिमेकी मुलुक चीनमा वार्षिक साधारणसभा चलिरहेको बेलामा भूकम्प गएपछि सभाबाटै १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो ।

त्यसपछि बेलायती अभिनेत्री जोअन्न लुम्लेले अभियान नै चलाएर रकम संकलन गरिन् । उनको अभियानले ४ अर्ब रुपैयाँ संकलन गरेको बताइएको छ । सोही बखत हङकङका अर्बपतीले १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

नेपाली औद्योगिक घरना खेतान ग्रुपले १० करोड रुपैयाँ भूकम्प पीडितलाई सहयोग गरिरहँदा साउदी राजकुमारले पनि १० करोड रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरे ।

यसरी अहिलेसम्म अर्बभन्दा बढी सहयोग गर्नेहरु ५ पुगेका छन् भने करोड भन्दा माथि सहयोग गर्ने तीन दर्जन पुगिसकेका छन् । सहयोग घोषणा गर्ने क्रम जारी रहेको छ ।

जापान सरकारले ८ अर्ब ४० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिरहेको छ । यस्तै जापानमा रहेका नेपालका विभिन्न संघसंस्थाले अभियान नै चलाएर जापानी तथा नेपालीसँग करिव डेढ अर्ब रुपैयाँ उठाइसकेका छन् ।

बेलायतका १३ च्यारिटी संस्थाहरुले खोलेको डिजाष्टर इमरजेन्सी कमिटी (डीइसी) ले ५ अर्ब रुपैयाँ नेपाली भूकम्प पीडितलाई संकलन गरेको छ । यो संस्थामा एक्सन एड, एज इन्टरनेशनल, ब्रिटिस रेडक्रस, क्याफोड, केयर इन्टरनेशनल, क्रिष्टियन एड, कन्सर्न, वल्र्डवाइड, इस्लामिक रिलिफ, अक्सफाम, प्लान यूके, सेभ द चिल्ड्रेन, टियरफण्ड र वल्र्ड भिजन आवद्ध रहेका छन् ।

त्यस्तै, मेट लाइफ फाउन्डेसनले साढे दुई अर्ब रुपैयाँ सहयोगको घोषणा गरेको छ । विभिन्न मुलुकबाट पनि सहयोग घोषणाको होडबाजी चलिरहेको छ । कतिपय मुलुकहरुले नेपालमै आएर भौतिक सहयोग समेत गरिरहेका छन् भने कतिपय मुलुकले आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिरहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकले पनि नेपाली भूकम्प पीडितका लागि १ अर्ब रुपैयाँ संकलन गरेको जनाएको छ । विश्वभरका दानबीर फेसबुक प्रयोगकर्ताबाट उक्त रकम संकलन गरिएको हो । साथै, फेसबुकले कम्पनीको तर्फबाट २० करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

सर्च इञ्जिन गुगलले १० करोड र चाइना गेजुवा ग्रुपले २ करोड रुपैयाँ सहयोग गर्ने बताएका छन् । एशियाली विकास बैंकले तत्कालको राहतका लागि ३० करोड रूपैयाँ उपलब्ध गराएको छ । बैंकले पुनर्निर्माणमा २० अर्ब सहयोग गर्ने बताएको छ ।

स्वदेशी निजी क्षेत्र तात्दै

मुलुक संकटमा पर्दा स्वदेशी निजी क्षेत्र पनि सहयोगका लागि अग्रसर भइरहेको छ । सामाजिक अभियान्ताका रुपमा परिचित गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले १५ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

उनले उपलब्ध गराउने रकममध्ये ३ करोड राहत र तीन करोड विद्यालय पुनर्निर्माणमा खर्च गरिने छ । उनले विभिन्न जिल्लामा भूकम्प प्रतिरोधी विद्यालय भवन पुनर्निमाण गरिदिने बताएका छन् ।

क्र.सं. सहयोगी दाताहरू सहयोग रकम (रूपैयाँमा)
१. जोअन्न लुम्ले (अभियान) ४ अर्ब
२. क्यानडा ५० करोड
३. नर्बे ४० करोड
४. कतार ३२ करोड
५. साउदी राजकुमार १० करोड
६. हङकङका अर्बपती १० करोड
७. अमेरिका १० करोड
८. भुटान १० करोड
९. उद्योग वाणिज्य महासंघ १० करोड
१०. खेतान समूह १० करोड
११. एनआरएन १० करोड
१२. कोरिया १० करोड
१३. गुगल १० करोड
१४. फेसबुक १२० करोड
१५. उपेन्द्र महतो १५ करोड
१६. शेष घले १ करोड
१७. जमुना घले १ करोड
१८. प्रभु समूह १ करोड
१९. आइएमई समूह ३ करोड ५० लाख
२० डिजाष्टर इमरजेन्सी कमिटी -बेलायत) ५ अर्ब
२१ जापान ८४० करोड
२२ लुम्बिनी बैंक १ करोड २ लाख
२३ नेपाली कांग्रेस १ करोड
२४ अपिन ५ करोड
२५ सशस्त्र प्रहरी ६ करोड ३४ लाख
२६ सुमार्गी ५ करोड
२७ चाइना गेजुवा ग्रुप २ करोड
२८ जापानमा जुटाइएको सहयोग १५० करोड
२९ मेट लाइफ फाउन्डेसन साढे २ करोड
३० कर्मचारी सञ्चय कोष २ करोड
३१ राष्ट्रिय वाणिज्य बैंक १ करोड
३२ नेपाल इन्भेष्टमेन्ट बैंक १ करोड
३३ सिटिजन्स बैंक १ करोड
३४ भवन भट्ट १ करोड
३५ एनआरएन अमेरिका २ करोड
३६ एनआरएन यूके १ करोड
३७ एशियाली विकास बैंक २० अर्ब ३० करोड

यसैगरी, सुमार्गी ग्रुपले पनि पीडितलाई ५ करोड रुपैयाँ सहयोग गरेका छन् । विभिन्न कारणले विवादमा आइरहेपनि अजय सुमाग्रीले मुलुक भूकम्पका कारण विपत्तीमा परेका बेला मुक्तकण्ठले प्रशंसा गर्न लायक सहयोग गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन)ले १५ करोड रुपैयाँ सहयोगको घोषणा गरको छ । अहिले संघले विभिन्न जिल्लामा पुगेर पीडितहरुलाई राहत वितरणको काम जारी राखेको छ । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघले १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

एनआरएनका अध्यक्ष शेष घलेले श्रीमति जमुना घले र आफ्नो नामबाट २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । यसैबीच निजी क्षैक्षिक संस्थाको साझा सञ्जाल (अपिन)ले भूकम्प पीडितका लागि ५ करोड रपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

प्रभु समूहले १ करोड, आइएमई समूहले ३ करोड ५०, लुम्विनी बैंक १ करोड, नेपाली कांग्रेस १ करोड, सशस्त्र प्रहरी ६ करोड ३४ लाख, एनआरएन उपाध्यक्ष भवन भट्टले १ करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् । ग्लोबल आइएमई बैंकले १ करोड ५० लाख रूपैयाँ र आइएमई इन्टरनेशनल मनि एक्सप्रेसले २ लाख रूपैयाँ सहयोग गर्ने भएका हुन् ।

इन्भेष्टमेन्ट बैंक १ करोड, राष्ट्रिय बाणिज्य बैंक १ करोड, सिटिजन्स बैंक इन्टरनेशनल १ करोड, कर्मचारी सञ्चय कोष २ करोड रपैयाँ सहयोगका लागि अगाडि बढेका छन् ।

कुन मुलुकको कति सहयोग

भूकम्प पीडितलाई क्यानडाले ५० करोड सहयोग गर्ने भएको छ भने नर्बेले ४० करोड, कतार ३२ करोड, अमेरिकाले १० करोड र भुटानले १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे नेपाल आएर १० करोड रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । उनी नेपालीको पिडामा सहभागी हुन नेपाल आएका थिए ।

मोटो रकम सहयोगका लागि घोषणा गरिए पनि उक्त रकम सरकारको हातमा आइनपुग्दा भूकम्प पीडितलाई राहत उपलब्ध गराउन समस्या परिरहेको छ । ठूलो सहयोगको घोषणा हुनु, मिडियाले प्राथमिकताका साथ प्रशारण गर्नु, तर सरकारले सहयोगका लागि रकम अभाव भयो भन्दा पीडितहरु आक्रोशित बनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment