Comments Add Comment

कविता : ए नेता, ए प्रशासक !

RakeshKarki aaएउटा नेपालीको पीडाले

अर्को नेपालीलाई छोएको छ

आँखाहरुमा दु:खेका जीवनले

सारा देश रोएको छ ।

 

च्यातिएका हृदयहरुलाई

सहयोगले अझै सिउनु छ

रोकिँदैन आउने जिन्दगी

बाँच्नेहरुले त जिउनु छ ।

 

ए नेताहरू ए प्रशासकहरु

खान नहुने चिज खान छोडिदेउ

त्यो घुस र भ्रष्टाचारलाई

वाचा गर, मनैदेखि तोडिदेउ ।

 

मंत्री र सचिवहरुसंगै छ

संपूर्ण देशको ढुकुटीको साँचो

राहत र रकमको सहायता

बाँडीदेउ जताजता छ खाँचो ।

 

संपूर्ण नेपाली एकजुट भएर

भोक र घाउलाई सहायता गरौँ

भत्केका चर्केका भवन र मन अनि

सिंगो राष्ट्रको पुन: निर्माण गरौँ ।

– इन्जिनियर राकेश कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment