Comments Add Comment

सिन्धुपाल्चोकमा लुटियो चलचित्रको राहत सामाग्री

chankhe-lutiyo
सिन्धुपाल्चोक जिल्लाको विकट गाउँ सेलाङबारीका लागि राहत सामाग्री लिएर जाँदै गरेको चलचित्र ‘चखे शंखे पंखे’ यूनिटको राहट लुटिएको छ । २ दिन लगाएर भत्किएका घर र पहिरोलाई पनि पन्छ्याउँदै यो टोली अगाडि बढेको थियो ।

तर, सरकारी राहत सामाग्री संझिएर भोटे सेलाङका बासिन्दाले लुटिदिएको निर्देशक सुदर्शन थापाले बताएका छन् । भोटे सेलाङका बासिन्दाहरुले सामाग्री लुट्दा नेटवर्क नटिप्ने भएकाले सुरक्षाकर्मीलाई खबर गर्न नसकिएको निर्माणपक्षले जनाएको छ ।

निर्देशक थापाले राहत सामाग्री लैजान खोजिएको गाउँसम्म पुर्‍याउन नपाउँदा खल्लो महशुश भएको बताए । यो गाउँमा सरकारी राहत सामाग्री पनि पुगेको थियो । तर, सरकारले २० बोरा चामल ३० घरधुरीलाई बाँड्दा पनि लुटिनु परेको थापाको भनाई छ ।

निर्माता सन्तोष सेनले राहात सामाग्री भूकम्प पीडितले नै पाएपनि जुन गाउँका लागि लान खोजिएको हो, त्यहाँसम्म पुर्‍याउन नपाउँदा मनमा शान्ती नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment