Comments Add Comment

भूकम्प पीडितलाई ग्लोबल बैंकको डेढ करोड सहयोग

२१ वैशाख, काठमाडौं । ग्लोबल आइएमई बैंकले भूकम्प पीडितलाई डेढ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितलाई सो रकम सहयोग गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोष्मा जम्मा गर्ने भएको छ । बाँकी एक करोड रुपैयाँ भूकम्पबाट प्रभावित ५ जिल्लामा एक/एक वटा विद्यालय भवन निर्माण गर्न र तत्काल राहत समाग्री वितरणमा प्रयोग गर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment