Comments Add Comment

कोलकत्ताद्वारा हैदरावाद पराजित

२२ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाइट राइडर्सले पाँचौ जित हात पारेको छ । सोमबार राति भएको खेलमा कोलकत्ताले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गरेको छ ।

Umesh Yadav

१६८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । उसको सुरुवात निकै खराव रह्यो । डेभिड वार्नर १ रनमा आउट भए भने नमन ओझाले खाता नै खोल्न सकेनन् ।

शिखर धवन १५ रनमा पभेलियन फर्किए । मोइज हेनरिक्स क्रिजमा टिकेपनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् । इयान मोर्गान ५, हनुमा विहारी ६ र विपलु शर्मा १ रनमा आउट भए ।

हेनरिक्स ४१ रन बनाएर सातौं विकेटका रुपमा आउट भए । करण शर्माले केही आक्रामक पारी खेल्ने प्रयास गरेपनि टोलीलाई जिताउन सकेनन् । उनले २० बलमा ३२ रन बनाए ।

हैदराबादलाई सस्तैमा समेट्ने क्रममा कोलकत्ताका उमेश यादव र ब्राड हजले समान २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । उसका लागि मनिष पाण्डेले ३३ रन बनाए भने गौतम गाम्भीरले ३१ र रोविन उथप्पाले ३० रन बनाए । यूसुफ पठान ३० रनमा अविजित रहे ।

भुवनेश्वर कुमार र करण शर्माले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment