Comments Add Comment

आर्सनलको दोस्रो स्थानको दाबेदारी बलियो

Alexis Sanchez
२२ वैशाख, काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको दाबेदारी बलियो बनाएको छ ।

सोमबार राति भएको खेलमा आर्सनलले एलेक्स सान्चेजको दुई गोलको मदतमा हल सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै आर्सनल र म्यानचेष्टर सिटीको अंक समान भएको छ ।

हल सिटीको भने रेलिगेशन खतरा बढेको छ । हल मात्र १ अंकले रेलिगेशनबाट माथि छ ।

आर्सनलले २८ औं मिनेटमा सान्चेजको गोलबाट अग्रता लिएको थियो । ३३ औं मिनेटमा राम्सीले गोल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा सन्चेजले व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई ३–० को अग्रता दिलाए । यो प्रिमियर लिगमा सान्चेजको १६ औं गोल हो ।

दोस्रो हाफको ५६ औं मिनेटमा हलका लागि क्विनले गरेको गोल सान्त्वना मात्र भयो ।

जितपछि आर्सनलको ३४ खेलबाट ७० अंक भएको छ । एक खेल बढी खेलेको म्यानचेष्टर सिटी गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

हल भने ३५ खेलबाट ३४ अंकका साथ १७ औं स्थानमा छ । रेलिगेशन जोनको शीर्ष स्थानमा रहेको सण्डरल्याण्डको ३३ अंक छ ।

प्रिमियर लिगको उपाधि भने तीन खेल खेल्न बाँकी छँदै चेल्सीले जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment