Comments Add Comment

जनताले घरबार गुमाए, मन्त्रीले दरबार गुमाए (फोटो फिचर)

Singdhubar earthquack (2)मात्रिका पौडेल

२२ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पको एउटै धक्काले लाखौं जनता घरबारविहीन भएका छन् । यता देश चलाउने केन्द्रीय सचिवालय सिंहदारबारमा केही मन्त्रीहरु दरवारविहीन भएका छन् ।

सोमबार वुद्ध जयन्तीको सार्वजनिक विदाका दिन अनलाइनखबरकर्मी सिंहदरबार छिर्दा पुतली बगैंचाको बीचमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल पाल टाँगेर मन्त्रालय चलाइरहेका थिए ।
Singdhubar earthquack (4)
केही महिनाअघिमात्रै कमलपोखरीस्थित जीर्ण भवनबाट मन्त्रालय सिंहदरबारस्थित पुतली बगैंचाको राणाकालीन दरबारमा सारिएको थियो । तर, भूकम्पको एकै धक्काले मन्त्रीलाई दरबारबाट बगैंचामा पुर्‍याइदिएको छ ।

शहरी विकास मन्त्रालयले बस्न आयोग्य भनेर रातो स्टिकर लगाइदिएपछि चीनले दिएको पालभित्र मन्त्रालय सञ्चालन गरेर बस्नुपरेको मन्त्री पौडेलले बताए । ‘उता भत्किने भयो भनेर यता सारियो, यता पनि उस्तै बिजोग भो’ उनले भने ।

पुतली बगैंचाभित्र राणाकालीन दुई भवन छन् । तीमध्ये एउटामा श्रम तथा रोजगार र अर्कोमा युवा तथा खेलकुद मन्त्रालय थिए । अहिले ती दुवै भवनमा रातो स्टिकर लगाइदिएपछि दुबै मन्त्री बगैंचामा पुगेका छन् ।
Singdhubar earthquack (6)
सरकारका २६ वटा मन्त्रालयमध्ये रक्षा, युवा खेलकुद र श्रम तथा रोजगार मन्त्रालय भवन बस्न अयोग्य भएकाले रातो स्टिकर टाँसिएको छ । रक्षा मन्त्रालय रहेको वीर शमसेर निर्मित भवन क्षतविक्षत भएको छ ।

अहिले रक्षा मन्त्रालय सिंहदरबारभित्रै रहेको सुरक्षा परिषद सचिवालयमाा सारिएको छ । युवा खेलकुद मन्त्रालयले स्थानीय विकास मन्त्रालयसँग एउटा कोठा मागेर कम्प्युटर लगायत संवेदनशील सामाग्री त्यहाँ सारेको छ ।

मन्त्री पौडेललाई चीनले दिएको टेण्टमा कार्यकक्ष बनाइएको छ भने सचिव र अन्य कर्मचारीलाई दुई अलग पालको व्यवस्था गरिएको छ । त्यस्तै श्रम मन्त्री टेकवहादुर गुरुङले तीनकोठे सानो भवन प्रयोग गरेका छन् ।
Singdhubar earthquack (9)
जनताले उद्दार र राहत नपाएका बेला खुला आकाश मुनि बसेर भने पनि काम गर्नुपर्ने मन्त्री पौडेलले बताए । ‘मन्त्रालय कता खोज्ने भन्ने बेला अहिले होइन, अहिले जनतालाई राहत दिनका लागि जहाँ बसेर पनि काम गरिन्छ’ उनले भने ।

भूकम्पले क्षति पुर्‍याएको भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भने बस्नयोग्य ठहर भएको छ । त्यस्तै भूकम्पले राष्ट्रपति भवन शीतल निवास पनि चर्काएको छ ।

Singdhubar earthquack (1)

Singdhubar earthquack (8)

Singdhubar earthquack (9)

Singdhubar earthquack (10)

Singdhubar earthquack (11)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment