Comments Add Comment

एउटा औषधिले अमेरिकामा हंगामा, सडकमा नांगै दौडिन थाले मान्छेहरु

medisineअमेरिकाको फ्लोरिडामा हालैका दिनमा निर्वस्त्र भएर मानिसहरु सडकमा दौडिने गरेका घटना सार्वजनिक भएका छन् । यसरी मानिसहरु नांगै दौडिन थालेपछि धेरैले मानिसहरु बहुलाएको अड्कल काटे । तर वास्तवमा यो सबै एउटा औषधिको करामत रहेछ ।

परीक्षणको रुपमा रहेको एक नयाँ डिजाइनर ड्रग फ्लेका सेवनका कारण मानिसहरुमा यस्तो लक्षण देखिएको हो । यो सिन्थेटिक ड्रगको असरको घटना पहिलोपटक त्यतिबेला थाहा भएकेा हो जतिबेला प्रहरीले एक मानिसलाई सडकमा निर्वस्त्र दौडिरहेको र रुखविरुवा सँग सेक्स गरिरहेको अवस्थामा फेला पारे ।

उक्त व्यक्तिलाई पक्राउ गरिसकेपछि सोधपुछ गर्दा उसले आफु एक देवता रहेको दाबी गरेको थियो । फ्लेका नामको उक्त औषधि प्रयोग गर्ने अर्को एकजना व्यक्ति पनि सहरको व्यस्त सडकमा निर्वस्त्र घुमिरहेको देखिएको थियो । प्रहरीले पक्राउ गरेर सोधपुछ गर्दा उक्त मानिसले आफुलाई जर्मन सेर्फड कुकुरले लखेटिरहेको भन्ने अनौठो जवाफ दियो ।

फ्लेका नामक उक्त औषधिलाई इ सिगरेटसँग सेवन गर्ने गरिन्छ । यसले जिउको तापक्रमलाई बढाइदिन्छ । खासगरी यसलाई यौनवर्धक औषधिको रुपमा समेत प्रयोग गरिन्छ । यसको सेवनपछि मानिसहरुले अनौठो हरक तगर्न थाल्छन् ।

अमेरिकाको फ्लोरिडासँगै ओहियो, टेक्सास तथा टेनिसीमा पनि यो औषधि सेवन गरेका मानिसहरुले वितण्डा गर्न थालेका छन् । यो ड्रग एक खुराकको ५ डलरमा सजिलै पाउन सकिन्छ । डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment