Comments Add Comment

बार्सिलोनामा “नेपालको लागि सहयोग र प्रार्थना गरौ” लेखिएका टिसर्ट खाेसाखाेस

spain nepali deepवसन्त रानाभाट

बार्सिलोना । स्पेनको पर्यटकीय शहर बार्सिलोनाको केन्द्र नजिकैको “प्लासा दे रे” सधैँ जसो रमाईलो वातावरण देखिने तर सोमबार साँझ आफैमा बिरह पोखी रहृयो । एक आपसमा कुराकानी चली रहृयो, कसैले भने, आफन्तहरु परे, धेरैको घर भत्कियो जमातमा यस्तै आवाज सुनियो । बाबा आमालाई कस्तो छ ? उत्तर मिल्थ्यो, धन्न ज्यान त बाँच्यो, जीवन अहिले पालको ओतमा नै छ । धेरै समय भोकै बस्नु पर्यो, राहत पुग्न धेरै ढिला भएछ । यसरी नै साँझ धेरै भावानामा छिप्पिदै गयो।

विनाशकारी महाभूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा तथा घाईतेहरुको सीघ्र स्वास्थ लाभको कामना गर्दै आयोजना गरिएको सामुहिक दीप प्रज्वलन कार्यक्रमका झलकहरु यस्तै थिए । माथि नेपालको झण्डा, त्यसको ठिक तल “प्रे फर नेपाल” र अन्त्यमा नेपालको नक्सा कोर्दै मैनबत्तीहरु सजाईएका थिए । कार्यक्रममा अधिकांश महिलाहरु तथा बालबालिकाहरुको सहभागिता रहृयो ।
spain nepali t-shirt
“नेपालको लागि सहयोग र प्रार्थना गरौ” टिसर्ट खाेसाखाेस

अनलाईनकर्मीको नजिक आउदै केही नेपाली बच्चाहरुले “मेरो देश नेपाल” भन्दै झन्डालाई छातीमा राख्दै तस्वीर पनि खिचाएका थिए । “नेपालको लागि सहयोग र प्रार्थना गरौ” भनी स्पेनिस भाषामा लेखिएका टिसर्टहरुले विदेशीहरुको ध्यान खिच्यो । करिब पाँच सयप्रति छापिएका टिसर्ट पाँच दिन पनि नहुँदै बिक्री भए ।

अझ त्यति नै मात्रामा माग थियो, सबैले टिसर्ट-टिसर्ट भने तर माग पुर्याउन सकिएन । त्यसो त दीप प्रज्वलन कार्यक्रममा स्पेनिसहरुको पनि उल्लेखनीय रुपमा सहभागिता रहेको थियो । नगरपालिकाले दिएको अनुमतिले नै सार्बजनिक रुपमा कार्यक्रम गर्न पनि सम्भव भयो ।

दीप प्रज्वलन कार्यक्रममा नेपाल र नेपालीको भावनालाई प्रतिनिधित्व गर्दै सहभागिता जनाउँदा बार्सिलोनाले मिनी नेपालको झझल्को दिएको भान हुन्थ्यो । कसैले काममा छुट्टी लिएर वा कसैले १ घण्टा छुट्टी मिलाएर भए पनि स्मृतिसभामा सहभागिता जनाएका थिए ।

spain nepali deep-2कार्यक्रममा सहभागी कातोलोनिया प्रान्तीय सरकारका माईग्रेसन मामिलाका डाईरेक्टर जाबीयर बोसले दुःख ब्यक्त गरे । उनले स्पेनमा बस्ने नेपालीहरुको मन दुखेको बेला आफूलाई पनि पीडा भएको बताए ।

जाबीयर लगायत फुन्दासियो कातालानका डाईरेक्टर आन्जेल कोलम, बार्सिलोनास्थित नेपाली कन्सुलर लुईस बेल्बिस, कासा डेल टिबेटका डाईरेक्टर वाङ्ग चेंग्ला, आईसीसी सदस्य दीपक खरेल, एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरी लगायतले दीप प्रज्वलन गरेका थिए । यस लगत्तै स्मृतिसभामा पुगेका सबैले मैनबत्तीमा प्रज्वलन गर्दै मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गरे ।

स्पेनमा गठित “महाभूकम्प पीडित राहत कोष” ले आयोजना गरेको कार्यक्रममा नेपाली तथा विदेशी गरी सयौंले सहभागिता जनाएका थिए । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् लगायत स्पेनस्थित संघसस्थाहरुको पहलमा राहतकोषको स्थापना गरिएको हो ।

अन्य बेलामा बाद प्रतिबाद गर्दै अगाडी बढेका संघसस्थाहरु देश दुखेको बेला भने एकजुट भई स्पेनबासी नेपालीहरुले कृतज्ञता ब्यक्त गरेका छन् । सबै संघसस्थाहरुको पहलमा अहिलेसम्म ४३ हजार युरो राहत संकलन भईसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment