Comments Add Comment

भूकम्प पीडितको उद्धारमा कलाकर्मी

kalakarकाठमाडौं । महभुकम्पको विपत्तिमा परेका सर्वसाधारणको उद्धार गर्ने काममा नेपाली कलाकारले राम्रै सक्रियता देखाएका छन् । ‘नेपाली कलाकारहरु सामाजिक हुन सकेनन्’ भन्नेहरुका लागि महाभुकम्पको विपत्तिमा परेकाहरुलाई सघाएर नेपाली कलाकर्मीले समाजिक हुन लागेको जनाउ समेत दिएका छन् ।

भूकम्प आएको ८ दिनपछि चलचित्र विकास बोर्डले कलाकर्मीलाई उद्धार एवं राहत कार्य वितरणमा सहभागी हुन आग्रह गरेपछि धेरै कलाकार राहतका लागि हिंडेका थिए ।
केही कलाकारहरु भने स्वत स्फुर्त रुपमा राहत वितरणमा सहभागी भए । हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा)को समुहले झोर हुँदै, साङ्ले र नुवाकोटको गुर्जेसम्म राहत वितरण गरेको थियो ।

kedar-ghimireभूकम्पले घर भत्किएपछि कुखुराको खोरमा शरण लिएका झोरका स्थानियवासीलाई त्रिपालको ब्यबस्था गरिदिएका घिमिरेले बिस्कुट, चाउ चाउ, भुजा पानी र केही औषधि वितरण गरेका थिए ।

गायक हेमन्त शर्मा, बद्री पंगेनी, रमिला न्यौपाने, नृत्य निर्देशक शंकर बीसी लगायतले साँखु इन्द्रायणी, भक्तपुर लगायतका स्थानमा राहत बाँडे ।

पुरानो गुजेश्वरीमा भूकम्प पीडित वालवालिका र बृद्धबृद्धालाई सहयोग गरेको शर्माको भनाई थियो । ललितपुरको खोकना, बुङमति लगायतका स्थानमा स्थानियको उद्धारमा जुटेकी गायिका कोमल वलिले एकछाक खाना खुवाएको बताईन् ।

त्यसो त उनी धादिङको छत्रेदेउराली, पोखरी भन्ज्याङ डाँडागाँउ लगायतका स्थानमा पनि पनि पुगिन् । भूकम्प पीडितका लागि आफैंले एकलाख रुपैया छुट्याएकी लोक गायिका सुनिता दुलालले विदेशमा रहेका धेरै शुभ चिन्तकहरुसंग सहयोगको अपिल गरिन् ।

पैसा तिरेर पनि त्रिपाल किन्न नपाएपछि जस्ता पाता किनेर केही पिडितलाई बास बस्ने ठाउ बनाईदिएको उनको भनाई थियो । सिन्धुपाल्चोकमा धेरै क्षति भएकाले त्यहि गाउँका लागि केही गर्ने सोच सुनिताको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment