Comments Add Comment

एक महिनादेखि सञ्चार सेवा विच्छेद

२२ वैशाख, जाजरकोट । यहाँको एक दुर्गम गाउँमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सम्पर्क गर्न समस्या परेको छ ।

डोल्पाको सिमानासँग जोडिएको जिल्लाको भगवती गाविसमा रहेको नमस्तेको टावरमा एक महिनादेखि खराबी आएपछि यहाँका स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।

यो टावरले रुकुमको गोतामकोट, खदी, जाजरकोट भगवतीलगायत गाविसमा सेवा दिँदै आएको छ । टावरमा समस्या आएपछि यहाँका स्थानीय छिमेकी गाविस रग्दा आएर फोन गर्न बाध्य भएको गाविसका सामाजिक परिचालक मोहन बस्नेतले गुनासो गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment