Comments Add Comment

नेपालीको सम्झनामा हृयारिसवर्गमा दीप प्रज्वलन, राहत संलकन जारी

deep--2हृयारिसवर्ग । नेपालमा गएको विनाशकारी भूकम्पले विपत्त निम्त्याएपछि देशविदेशमा सहयोग तथा राहत जुटाउने क्रम जारी रहेको छ ।

विनाशकरी भूकम्पमा परी मृत्यु हुने परिवार तथा घाइतेहरूलाई राहतका लागि अमेरिकाको हृयारिसवर्गमा २६ सय अमेरिकी डलर अर्थात २ लाख ६० हजार रुपैयाँ सहयोग संकलन भएको छ ।

deepनेपाली समूदाय र भुटानी समूदायको सम्युक्त पहलमा भूकम्पमा परि घाइते तथा पीडित परिवारहरुलाई राहतका लागि सहयोग जुटाउने काम जारी रहेको छ ।

सहयोग सकलनका लागि आयोजित संयुक्त कार्यक्रममा भूकम्पमा ज्यान गुमाएकाहरुप्रति १०८ मैनबत्ती प्रज्वलन गरी मृतआत्माको चीर शान्तिको कामना समेत गरिएको थियो ।

महाभूकम्पबाट निम्तिएको महाविपत्तिको अवस्थामा आफूहरुको तर्फबाट संकलन गरिएको थोरै मात्रको सहयोग राशी भए पनि भूकम्पपिडितलाई त्यसले केही राहत पुग्ने सहयोग संकलनमा सक्रिय विश्व साइकल यात्री सौरभ दाहालले बताए ।

हृयारिसवर्ग निवासी स्थानीय नेपाली राम श्रेष्ठ, तारा घले र सङगीतकर्मी सुमन योन्जनले संयोजन गरेको राहत संकलन कार्यमा स्थानीय अमेरिकी गभर्नरका सल्लाहकार लगायत अमेरिकी सरकारी अधिकारीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment