Comments Add Comment

सिन्धुपाल्चोकमा सिप्रदी र भोटेकोशी पावरको राहत सामाग्री

Sipardi-Rahat-Bitaran
फाइल तस्वीर ।

२२ वैशाख, काठमाडौं । सिप्रदीयन सहायता संस्था र भोटेकोशी पावर कम्पनीले सिन्धुपाल्चोकका भूकम्प पीडितलाई राहत वितरण गरेका छन् ।

सिन्धुपाल्चोकका ८ गाविसमा खाध्यान्न र ७ सय थान त्रिपाल वितरण गरेको बताइएको छ । सिप्रदीयन सहायता संस्था सिप्रदी ट्रेडिङ कम्पनीको सामाजिक संस्था हो ।

दुई संस्थाबाट वितरित २० हजार केजी चामल, ४ हजार केजी चिउरा, ८ सय केजी दाल तथा चाउचाउ रहेको छ । उक्त राहत बाह्रविसे, मानेसरा, गाती, घुम्ताङ, मार्मिङ, लिस्टी, तातोपानी र फुलपिङकट्टी गाविसमा वितरण गरिएको हो ।

यसअघि सिप्रदीले नुवाकोट जिल्लाको विकट क्षेत्रममा पनि त्रिपाल र खाध्यान्न वितरण गरेको थियो । यी संस्थाहरुले काठमाडौं देखि नारायणगढसम्म निःशूल्क यातायात सेवासमेत सञ्चालन गरेर भूकम्प पीडितलाई सहयोग गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment