Comments Add Comment

जीवनले दिए ५१ हजार, बालाजीबाट १० लाखको सामान आउँदै

jiwan-luitel
विभिन्न संघसंस्थाबाट आएका सामाग्री र खाद्यन्न वितरण गर्नमा नेपाली चलचित्रका चलचित्रकर्मी अहिले अग्रसर छन् । विशेषगरि, भूकम्प प्रभावितहरुको स्थानमा पुगेर उनीहरुको पीडालाई केही कम गर्न सकिन्छ कि भनेर चलचित्रकर्मी लागिरहेका छन् ।

अधिकांश चलचित्रकर्मी विभिन्न तबरले यो कार्यमा लागेको देखिन्छ । तर, चलचित्रकर्मी स्वयंमले भने आफ्नै गोजीबाट कुनै रकम निकाल्न सकेको देखिदैन ।

केही समय अमेरिका बसेर नेपाल आएका नायक जिवन लुइटेलले आए लगतै एउटा राम्रो कामको थालनी गरेका छन् । उनले भारतको चर्चित कम्पनी बालाजी फिल्मस्बाट १० लाख बराबरको खाद्यन्न नेपालका भूकम्प प्रभावितहरुका लागि उपलब्ध गराएका छन् ।

बालाजी फिल्मस्मा काम गर्ने नेपाली रवि भट्टराइसँग सहकार्य गर्दै उनले खाद्यन्न नेपालमा ल्याएका हुन् । यो सामाग्री भोली विभिन्न स्थानमा पुगेर वितरण गर्ने जिवनको भनाई छ ।

आफूलाई १० वटा चलचित्रले समेत नेपाल ल्याउन नसकेको तर भूकम्प गएपछि अमेरिका बस्न नसकेको जिवनले बताए । उनले आफ्नो तर्फबाट चलचित्र विकास बोर्डमा बसेर चलचित्रकर्मीले तयार पारेको ‘चलचित्रकर्मी मानव तथा भौतिक क्षति विवरण संकलन एवं सहयोग वितरण समन्वय समिति’ कोषमा ५१ हजार नगद सहयोग गर्ने घोषणा गरेका छन् ।

आजसम्म कुनै पनि नेपाली चलचित्रकर्मीले भूकम्प पीडितका लागि आफ्नो तर्फबाट सहयोग गर्ने घोषणा गरेका छैनन् । जिवनले यो रकम भूकम्पबाट प्रभावित चलचित्रकर्मी, पत्रकारका लागि सहयोग गर्ने बताए ।

साथमा चलचित्र ‘भुल भूलैया’का निर्माता दिनेश कुमार पोख्रेलले १ लाख १ हजार सहयोग गरेको पनि जिवनले बताए । यस्तै, चलचित्र ‘ठूली’का निर्माता पुष्कर पन्तले ५१ हजार सहयोग गरेको जिवनले बताएका छन् ।

उनले सम्पूर्ण चलचित्रकर्मी मिलेर आफूले सक्दो सहयोग गर्न अपिल पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment