Comments Add Comment

तिब्र आलोचनापछि सलमानले भने-‘मानविय बिषयमा सीमा हुँदैन’

salman-khan-being-human
सामाजिक सञ्जालहरुमा नेपाली र भारतीय दर्शकले तीब्र आलोचना गरेपछि बलिउड स्टार सलमान खानले आफ्नो आशय नेपाललाई कहिल्यै पनि सहयोग नगर्ने नभएको बताएका छन् ।

आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै सलमानले आफुले नेपालमा काम गर्न चाहेको तर सही माध्यमको खोजीमा रहेको बताएका छन् ।

‘मेरो फाउण्डेसनले १० करोड रुपैयाँ सहयोग गर्ने भन्ने हल्ला फैलियो, त्यो कुरा गलत हो भन्नका लागि मात्र मैले पहिलेको स्टाटस लेखेको हुँ’ उनले आफ्नो बचाउँ गर्दै भनेका छन्- ‘नेपालमा अहिले जे भयो त्यसबाट म निकै दुःखी छु र म साँच्चै नेपाली जनतालाई सहयोग गर्न चाहन्छु, मानवीय बिषयमा सहयोग गर्न कुनै बन्धन वा सीमा हुँदैन् ।’
salman-new-statussalman-new-status
नगरेको कामको जस लिनु राम्रो नहुने भएकाले आफुले हल्लाको खण्डनमात्र गरेको उनले बताएका छन् । रोमनमा हिन्दी लवजमा स्टाटस लेख्दै उनले भनेका छन् ‘जो काम नही किया है उसका क्रेडिट लेना सही हे ? या गलत ?’ उनले प्रश्न समेत गरेका छन् ।

उनले स्टाटसमा लेखेका छन् ‘अहिले हाम्रो फाउन्डेसनको उपस्थिती नेपालमा छैन । हामी उपलब्ध सीमित स्रोत र साधनवाट कसरि प्रभावित मानिसलाई सहयोग गर्न सक्छौं भनेर माध्यमको खोजी गरिरहेका छौं ।’

सलमान खानले ‘बिइङ ह्युमन फाउण्डेसन’मार्फत् भारत, श्रीलंका लगायतका देशमा सहयोग गरिरहेका छन् । सलमानका हरेक चलचित्रले नेपालबाट करोडौं रुपैयाँ कमाउँदै आएका छन भने बिइङ ह्युमन ब्राण्डका कपडासमेत नेपालमा बिक्रि बितरण भइरहेका छन् । यसको सोरुम काठमाण्डौमा छ । सोरुम उद्घाटनमा यो संस्थाले नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्ने बताइएको थियो ।

एक दिनअघि मात्र उनले आफुले नेपाललाई सहयोग गर्न लागेको भन्ने हल्ला गलत भएको भन्दै आफ्नो फाउण्डेसनले भारतीयलाई मात्र सहयोग गर्ने बताएका थिए ।

त्यसपछि सलमानका फ्यानले सामाजिक संजालमा उनको तिब्र आलोचना गर्न थालेका थिए । नेपाली फ्यानहरुले उनलाई निर्दयी र मानवीय संबेदना नभएको नायकको संज्ञा दिँदै नेपालीको छातीलाई आफ्नो बजार बनाएको भन्दै आलोचना गरेका थिए । उनले मानवीय बिषयमा सहयोग गर्न कुनै बन्धन वा सीमा हुँदैन भनेर आफूले २ दिन अगाडि लेखेको स्टाटसको खण्डन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment