Comments Add Comment

प्रधानमन्त्रीले भने-विपत व्यवस्थापन मन्त्रालय चाहियो

२२ बैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा विपत व्यवस्थापनका लागि बेग्लै मन्त्रालय आवश्यक रहेको महशुस गरेका छन् । भत्किएका सडक तथा बाटोघाटो तत्काल बनाउन स्थानीय प्रशासनलाई प्रधानमन्त्रीले निर्देशनसमेत दिए ।

Sushil-Koirala-at-Gorkha

  • गोर्खामा प्रधानमन्त्री सुशील कोइराला । तस्वीर : रासस

विनाशकारी भूकम्पको केन्द्रविन्दू रहेको गोरखामा मंगलवार विहान प्रधान सेनापति गौरव शमसेर राणासँगै सैनिक हेलिकोप्टरमा पुगेका कोइरालाले विपत व्यवस्थापन सम्बन्धी मन्त्रालय आवश्यक देखिएको बताए ।

करीव पौने एक घण्टा गोरखा सदरमुकाममा बसेका कोइरालाले अन्यत्र मुलुकमा विपत व्यवस्थापन सम्बन्धी अलग्गै मन्त्रालय हुने गरेको भन्दै नेपालमा पनि त्यस्तो निकाय आवश्यक देखिएको बताए ।

भत्किएका सडक तत्काल बनाउन निर्देशन

प्रधानमन्त्री सुशील कोइरालाले सबै पार्टी एक भएर भूकम्पपीडितको समस्या समाधानमा जुट्ने र देशी/विदेशी दातृ निकायसँग हारगुहार गरेर भए पनि पर्याप्त राहत सामग्री वितरण गर्ने बताए ।

उनले भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि सरकारले नीति ल्याउने जानकारी दिए । भत्किएका सडक तथा बाटोघाटो तत्काल बनाउन स्थानीय प्रशासनलाई प्रधानमन्त्रीले निर्देशनसमेत दिए ।

पुनर्निर्माणमा २ अर्ब ६० करोड आवश्यक

प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमेल्सेनाले विनाशकारी भूकम्पले गोरखामा अहिलेसम्म भएको जनधनको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । तिमल्सेनाले तत्कालका लागि २ अर्ब ६० करोड बजेट प्राप्त भए भत्किएका भौतिक संरचनाको पुनर्निर्माण गर्न सकिने बताए ।

भूकम्प गएको १० दिनपछि सोमवार सिन्धुपाल्चोक सदरमुकाम चौतारा गएका प्रधानमन्त्री कोइराला त्यसको भोलिपल्ट गोरखा पुगेका हुन् । उनले दुवै सदरमुकाममा पुगेर छलफल गरे पनि भत्किएका घरहरुको अवलोकन भने गरेनन् ।

प्रधानमन्त्री कोइराला सोमबार सिन्धुपाल्चोकका भूकम्प पीडितको अवस्था बुझ्न गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment