Comments Add Comment

भूकम्पबाट मृत्यु हुनेको संख्या ७ हजार ५५७ पुग्यो

२२ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या ७ हजार ५५७ पुगेको छ । भूकम्पबाट १४ हजार ५३६ जना घाइते भएका छन् ।

Earthquake

गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार सिन्धुपाल्चोकमा सबैभन्दा धेरै २ हजार ९११ जनाको मृत्यु भएको छ भने ८५२ जना घाइते भएका छन् ।

यसैगरी नुवाकोटमा ९०४, धादिङमा ६८०, गोर्खामा ४१२, रसुवामा ४३३ र काभ्रेमा ३१५ जनाको मृत्यु भएको छ ।

भक्तपुरमा ३०४, ललितपुरमा १७३ र काठमाडौंमा १ हजार २०२ जनाको मृत्यु भएको छ ।

यस्तै दोलखामा ६९, मकवानपुरमा ३४, रामेछापमा २६, सोलुखुम्बुमा २२, ओखलढुंगामा १९ र सिन्धुलीमा १० जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

भूकम्पमा १० हजार ७१८ घर तथा भवन पूर्णरुपमा क्षतिग्रस्त र १४ हजार ७४१ घर तथा भवनमा आंशिकरुपमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment