Comments Add Comment

भूकम्प पीडितलाई भृकुटी बैंकको ३ लाख

२२ वैशाख, बुटवल । भृकुटी डेभलपमेन्ट बैंक लिमिटेडले भूकम्प पीडितहरुका लागि प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा ३ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीलाई रकम राहत रकम हस्तान्तरण गरिएको हो ।

Bhrikuti-Development-Bank

सामाजिक उत्तरदायित्व अन्तर्गत कर्मचारीहरुको १ दिनको तलव, संचालकहरुको बैठक भत्ता र बैंकको तर्फबाट जम्मा गरिएको रकम राहत कोषमा जम्मा गरिएको बैंकका अध्यक्ष रोमणिप्रसाद पाठकले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष पाठकसहित संचालक गणेश पाठक, बाबुराम भट्टराई, होमराज बस्याल, खिमानन्द गौतम, मोतिलाल पाण्डे, छविलाल पाठक, दधिराम खरेल, बैंकका कार्यकारी प्रमुख र नायवमहाप्रबन्धकको समेत उपस्थिति थियो ।

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको भृकुटी बैंकले भूकम्प पीडितहरुलाई सहयोग गर्न इच्छुकहरुका लागि जिल्ला प्रशासन कार्यालयको अनमुति लिइ प्रधानमन्त्री देवीप्रकोप उद्धार कोष नाममा खाता समेत खोलेको छ । खाता नम्बर 001000194801 मा १० जिल्लामा रहेका बैंकका २० शाखाहरुमार्फत रकम जम्मा गर्न सकिने अध्यक्ष पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment