Comments Add Comment

राजश्व विभागले फिर्ता गर्‍यो २० करोड रूपैयाँ

२२ वैशाख, काठमाडौं । भूकम्प प्रभावित जनताका लागि आन्तरिक राजश्व विभागले २० करोड रुपैयाँ अर्थमन्त्रालयलाई फिर्ता गरेको छ । विभागले चालु आर्थिक वर्षमा विनियोजन गरिएको बजेटबाट उक्त रकम IRD-Nepalफिर्ता गरेको हो ।

अर्थमन्त्रालय भूकम्प प्रभावित नागरिकको खर्च, उद्दार, राहत, पुनस्र्थापना तथा पनुर्निमाणमा चालु वर्षमा विनियोजित बजेट जोगाएर खर्च गर्ने सोँचाइमा रहेको छ । यसका लागि अर्थमन्त्रालयले सबै मन्त्रालयमा पत्राचार गरी के-कती रकम बचत हुन्छ भनेर परिपत्र गरेको थियो ।

आन्तरिक राजस्व विभागले यस वर्ष विनियोजित बजेटको चालु खर्चतर्फ कटौती गर्दै २० करोड रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको हो ।

विभागले यसअघि नै विभाग तथा मातहतका ४५ कार्यालयका १३ सय ५४ कर्मचारीबाट ५० लाख ३४ हजार संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई हस्तान्तरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment