Comments Add Comment

पाल बेचेको प्रमाणित गर्न नेविसंघको चुनाैति

२२ वैशाख, काठमाडौँ । भूकम्पपीडितका लागि आएको पाल बेचिएका हल्ला चलेकाले त्यसको छानबिन गरी कारबाही गर्न नेपाल विद्यार्थी संघले सरकारसँग माग गरेको छ ।

nebisangराहतका लागि आएको पाललगायतका सामग्री नेपाल विद्यार्थी संघका कार्यकर्ताले बेचेको अफवाह फैलाएकाले त्यस्तो कार्य गरेको भए सप्रमाण केन्द्रीय कार्यालयमा खबर गर्न संघले अपिल गरेको हो ।

संघले मङ्गलबार सार्वजनिक सञ्चारमाध्यमका प्रतिनिधिसँग छलफल गरी यस्तो जानकारी गराएको हो । नेविसंघका नेता तथा सभासद रञ्जित कर्णले कुनै संस्थालाई आरोप लगाउनुअघि त्यसको प्रमाण दिइनुपर्ने बताए ।

‘संघको गरिमामय इतिहासलाई कलङ्कित गर्ने गरी आरोप लगाइएको छ, यसको पुष्टि भएमा जुनसुकै तहको कार्यकर्तालाई पनि कारबाही गर्न तयार छौं, सरकारले पनि मानवीय संवेदनाको घडीमा गलत क्रियाकलाप गर्नेलाई छानबिन गरी कारबाही गरोस्, संघले गलत गरेको प्रमाणित नभएमा हल्ला चलाउनेलाई सरकारले कारबाही गरोस्’, उनले भने ।

बिना प्रमाण संस्थाको मानहानी हुने गरी हल्ला नफैलाउन र मानवीय संवेदनाका समयमा अफवाह फैलाएर कसैको चरित्र हत्या गर्ने काम बन्द गर्न पनि अध्यक्ष कर्णले आग्रह गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment