Comments Add Comment

चितवनमा अक्षय कुमारको चलचित्रको प्रदर्शन रोकियो

akshya-kumar
बलिउड नायक अक्षय कुमार अभिनित चलचित्र ‘गब्बर इज ब्याक’को प्रदर्शन चितवनमा रोकिएको छ । वैशाख १२ गते गएको भूकम्पपछि काठमाण्डौ लगायत देशका विभिन्न स्थानका चलचित्र हलहरु बन्द छन् । तर, भूकम्पबाट कम प्रभाव परेका स्थानमा भने हलमा चलचित्र लाग्न थालेका छन् ।

चितवनको गणेश चित्र मन्दिर र इन्द्रदेव हलमा बलिउड चलचित्र ‘गब्बर इज ब्याक’ सोमबारबाट प्रदर्शनमा आएको थियो । तर, मंगलबार युवा संघ नेपाल, भरतपुरले पत्र काटेर चलचित्र नचलाइदिन आग्रह गरेपछि यसको प्रदर्शन रोकिएको हो ।yuwa-sanga

बलिउड नायक अक्षय कुमारले चलचित्र ‘गब्बर इज ब्याक’को पहिलो दिनको कलेक्शन नेपालका भूकम्प प्रभावितहरुलाई दिने भन्ने गलत समाचार फैलिएको थियो । पछि, अक्षयले आफूले यस्तो केही पनि नभनेको र आफू निर्माता नभएकाले रकम दिन नसक्ने स्टाटस फेसबुकमा लेखेका थिए ।

यसपछि, अक्षय कुमारप्रति नेपालीहरुको आक्रोश पनि देखिएको थियो । भारतका नायकहरुबाट पछिल्लो समयमा दिइएको अभिव्यक्तीबाट आफूहरुलाई विक्षिप्त बनाउने काम भएकाले चलचित्रको प्रदर्शन रोकी सहयोग गर्न आग्रह गरिएको पत्र हलहरुलाई काटिएको छ ।

यूवा संघ नेपालका उप-महानगर सम्मेलन आयोजक कमिटी भरतपुरका संयोजक सुरजकुमार शाहीको हस्ताक्षरसहितको पत्र हलमा पुगेको थियो । यो पत्र पाएपछि अक्षय कुमारको नयाँ चलचित्रको प्रदर्शन रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment