Comments Add Comment

बाघको छाला र हड्डीसहित भारतीय नागरिक पक्राऊ

आरपी सुवेदी

२२ वैशाख, नेपालगन्ज । नेपाल प्रहरीको अपराध अनुसन्धान विशेष व्यूरोले बर्दियाबाट पाटेबाघको छाला र हड्डी सहित एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

Ramjas-Banjara

  • पक्राउ परेका भारतीय नागरिक रामजस बन्जारा

प्रहरीले बर्दियाको मगरागढी जयनगरबाट भारतको लुधियाना घर भइ हाल बर्दिया बस्दै आएका ६० वर्षीय रामजस बन्जारालाई दुर्लभ तथा प्रतिवन्धित पाटे बाघको छाला र हड्डीसहित पक्राउ गरेको हो ।

सुराकिका आधारमा खोजी गर्दा बन्जारालाई बाघको छाला र हड्डी सहित नियन्त्रणमा लिएको अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरिक्षक अशोक सिंहले जानकारी दिए ।

पक्राउ परेका बन्जाराले भने आफूले सो बाघ नमारेको बताएका छन् । स्थानीय चौधरी भन्ने एक व्यक्तिसँग आफूले १५ हजार रुपैयाँ दिएर सो छाला र हड्डी भारत लैजानका लागि खरिद गरेको उनले बताए ।

पक्राउ परेका बन्जारा र बरामद छाला तथा हड्डी आवश्यक कारवाहीका लागि जिल्ला बन कार्यालय बर्दियामा बुझाउने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment