Comments Add Comment

भूकम्प पीडितको एउटै पिरलो-त्रिपालले धान्ला त मनसुन

२२ वैशाख, काठमाडौं । ‘बर्खा लाग्यो, भूकम्पले घर लग्यो, बस्ने ठाउँ छैन, दिनभरि त रुखको शीतलमा जीवन बाच्ला, तर रात साँझमा कहाँ जाने बढो समस्यामा परे । बर्खासम्म ओत लाग्ने छानो कसले बनाइदेला, पैसा छैन, अन्नपात छैन ।’

Balkhu UML party office_crack after earthquake  (10)

बालाजुमा रहेको जनमैत्री अस्पतालमा उपचाररत नुवाकोट थानसिंहका ७५ वर्षीय रामसिंह तामाङको रोदन हो यो । वैशाख १२ गते गएको भूकम्पका कारण थातथालो खोसिएकाको एउटै पीडा छ, वर्षा सुरु नहुँदा त सामान्य त्रिपालमा भए पनि रात काट्न सकिएला, तर मनसुन सुरु भएपछि कहाँ जाने र के खाने भन्ने चिन्ताले अहिल्यैदेखि सताएको छ ।

सरकार, गैरसरकारी सङ्घसंस्थाले क्रमशः धेरै स्थानमा राहत सामग्री पुर्याएकै छ । बाँकी रहेका स्थानमा समेत खाद्यान्न, लत्ताकपडाको व्यवस्था पनि होला तर टाउको लुकाउने ठाउँ नहुँदा धेरै नागरिकलाई समस्या परेको छ यतिखेर ।

सिन्धुपाल्चोक भोटेचौरका ७० वर्षीय नन्दप्रसाद सापकोटालाई मनसुनसँग कसरी जुध्ने भन्ने समस्याले अहिलेदेखि नै बढ्ता चिन्तित बनाएको छ । भुइँचालोले घर ,लग्यो, आफन्त लग्यो, पशु चौपाया लग्यो, भएको सबै थोक लग्यो । सानो त्रिपालमुनी तीन परिवारले टाउको ओताएका छन् । तर, मनसुन सुरु भएपछिको अवस्था झन् भयावह हुने चिन्ताले अहिलेदेखि नै सताएको छ सापकोटालार्इ ।

सापकोटाको जस्तै पीडा छ, कीर्तिपुरका राम मर्हजनको । भूकम्पले बस्दै आएको घर भत्कादियो । हाल विभिन्न संस्थाले दिएको त्रिपालमुनी दुःखको जीवन गुजारीराखिएको छ ।

सिन्धुपाल्चोक भोटेचौरका कृष्णबहादुर तामाङको घर भत्कियो, गोठ भत्कियो । घर बनाउने ठाँउ पनि छैन, सबैतिर भूकम्पले चिरा पारेको छ । ‘बर्षा नलाग्नुन्जेल त राहतमा आएको त्रिपालले जीवन धान्ला, पानी पर्न थालेपछिको अवस्था के होला ? दाजुभाइको परिवारमा १२ जना छन् । उनीहरुलाई समेत राख्नुपर्ने छ । कहाँ राख्ने होला ? गहभरी आँसु पार्दै तामाङले भने ।

सहरी विकास मन्त्री डा. नारायण खड्काका अनुसार मुलुकभरका भूकम्पपीडितलाई बाड्नका लागि करिब पाँच लाख थान पालको आवश्यकता छ । हालसम्म करिब ५० हजार मात्रै पाल वितरण गरिएको छ ।

पालको आवश्यकता अझै धेरै छ । पीडितले कहिले पाल आउने होला भन्दै आश गरेको बसेको पनि मंगलबार  दश दिन पूरा भएको छ । सरकार तथा गैरसरकारी संस्थाले पाल उपलब्ध गराउलान् ।

तर, वर्षाको समयमा कसरी टाउको लुकाउने होला भन्ने चिन्ताले सबैभन्दा बढी भूकम्प पीडितलाई सताएको छ । भूकम्पपीडितको माग जायज भन्दै सहरी विकास मन्त्री डा. खड्काले मनसुन सुरु हुनुभन्दा पहिल्यै केही न केही व्यवस्था सरकारले गर्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment