Comments Add Comment

भूकम्पबाट क्षतिग्रस्त डोलिडारको कार्यालय खुलाउन बेलायतले सहयोग गर्ने

२२ वैशाख, काठमाडौं । स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग -डोलिडार)को भूकम्पबाट क्षतिग्रस्त कार्यालय खुलाउन बेलायतले सहयोग गर्ने भएको छ ।

सडक सञ्जाल खुला राख्ने कामको संयोजन गर्न सहयोग होस् भनेर सहयोग गरिएको बेलायतले जनाएको छ ।

सहयोग अन्तर्गत बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिफिड) ले डोलिडारको नयाँ कार्यलयका लागि आवश्यक भवनको चार महिनाको भाडा तिरिदिनेछ ।

कार्यलय भवनका लागि डिफिडले दिने पैसा डिफिडको ‘ग्रामिण पहुँच कार्यक्रम (र्‍याप)’ बाट रकमान्तरण गरिने छ । ‘ग्रामिण पहुँच कार्यक्रम (र्‍याप)’ नेपालमा सञ्चालन गरिरहेको गरिवी घटाउने कार्यक्रम हो, जसले सरसामान, बजार र सेवामा गरिव र सीमान्तकृतहरूको पहुँचलाई सबल तुल्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment