Comments Add Comment

राष्ट्र बैंकका कर्मचारीले भूकम्प पीडितलाई डेढ करोड राहत दिए

२२ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले भूकम्प पीडितलाई डेढ करोड रुपैयाँ राहत दिएका छन् ।

nepal rastra bankकर्मचारीहरुबाट उठाइएको एक करोड ५५ लाख रुपैयाँ बराबरको चेक मंगलबार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको प्रवक्त डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार गभर्नर डा. चिरञ्जीबी नेपाल, डेपुटी गभर्नद्धय गोपाल काफ्ले र महाप्रसाद अधिकारीले एक महिनाको तलब राहत दिएका छन् ।

यस्तै कार्यकारी निर्देशक र निर्देशकहरुले २० दिनको, डेपुटी कार्यकारी निर्देशक र उप-निर्देशकहरुले १५ दिनको तलब राहत दिएका छन् ।

त्यस्तै, अधिकृतभन्दा तलका कर्मचारीले १० दिनको र पियनस्तरका कर्मचारीहरुले पाँच दिनको तलब बराबरको रकम भूकम्प पीडितलाई राहत दिएको प्रवक्ता श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment