Comments Add Comment

संघसंस्थाले खोलेको राहत खातामा सवा करोड रुपैयाँ जम्मा

२२ वैशाख, काठमाडौं । महाभूकम्प पिडीतका लागि विभिन्न संघसंस्थाहरुले खोलेको बैंकमा खोलेको खातामा सवा १ करोड रुपैयाँ जम्मा भएको छ । अर्बौ रुपैयाँ बराबरको प्रतिवद्धता आएपनि झिनो रकम मात्रै जम्मा भएको हो ।

‘विभिन्न संस्थाहरुले ३४ वटा बैंक तथा वित्तीय संस्थामा खोलेको राहत खातामा मंगलबारसम्ममा एक करोड १० लाख ४४ हजार रुपैयाँ जम्मा भएको छ ।’ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरसँग भने ।

केहीदिन अघि मात्रै सरकारले संघसंस्थाहरुले खोलेको राहत खाता सीधै इयरमार्क करी राष्ट्र बैंकमा रहेको सरकारी खातामा जम्मा गर्ने निर्णय गरेको थियो ।

त्यसैले प्रत्येक दिन बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा भएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment