शुक्रबार, २ भदौ, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

विवाह भोजको खर्च भूकम्पपीडितलाई

अनलाइनखबर

२३ वैशाख, पर्वत । पर्वतको एक विवाहित जोडीले विवाह भोजको खर्च भूकम्पपीडितलाई सहयोग गरेका छन् ।

पर्वतको सदरमुकाम कुस्मा निवासी डा. अनुज श्रेष्ठ र वर्षा मर्सानी श्रेष्ठले विवाह भोजमा ककटेल पार्टी र रमाइलोमा गर्ने खर्च मुलुकमा आएको विनाशकारी भूकम्पबाट पीडितका लागि सहयोग गरेका हुन् ।

श्रेष्ठ दम्पतीले जिल्लामा भूकम्पबाट घरबारविहीन भएका परिवारका लागि खर्च गर्ने गरी जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई एक लाख ११ हजार १११ चेक हस्तान्तरण गरे ।

नवदुलाहाका पिता गणेशमान श्रेष्ठले भने, “विपत्को समयमा सबै नेपाली शोकमा डुबिरहेका बेला आफूहरु भोजभतेर गरेर रमाउनु सान्दर्भिक नठानेर भूकम्पपीडितलाई सहयोग गरेका छाैं ।”

अनुज फिलिपिन्समा रेडियोलोजीमा एमडी गर्दै छन् भने वर्षाले पोखरा विश्वविद्यालयबाट हस्पिटालिटी म्यानेजमेन्टमा डिग्री गरेकी छन् । रासस

२०७२ वैशाख २३ गते ८:१० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • suresh ghimire लेख्नुहुन्छ    |   २०७२ वैशाख २३ गते १०:११

    NAWA DAMPATI KO JASTAI SABAI KO DHYAN PIDIT KAI SAHAYOG MA JAOS!

    0
    0
    Share

  • Nirajan Timilsina लेख्नुहुन्छ    |   २०७२ वैशाख २३ गते १०:४६

    Good & great job sathi. yesko lagi dherai dherai dhanyabad.

    sewa nai dharma ho……..

    0
    0
    Share

  • Rupesh silwal लेख्नुहुन्छ    |   २०७२ वैशाख २३ गते १७:२७

    koi dil kholera dinxan koi arule deko pani linxan

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this