Comments Add Comment

नेपाली आकाशमा ड्रोन उडाउन नपाइने

२३ वैशाख, काठमाडौ । भूकम्पले विपत निम्तिएको मौका छोपेर नेपाली आकाशमा बिना अनुमति ड्रोन (मानवरहित विमान) उडान गर्नेलाई कारवाही गरिने भएको छ ।

मानवरहित विमानले नेपालको बहुमूल्य सम्पदाको तस्वीर लिने तथा गलत सन्देश प्रभावित गर्ने गर्ने काम भइरहेको सूचना प्राप्त भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले ड्रोन उडानमा रोक लगाएको हो ।

भूकम्पले विपत निम्तिएको अवस्थामा केही दिनदेखि नेपाली आकाशमा अनधिकृत रुपमा ड्रोन उडान गराई निषेधित क्षेत्रको सूचना तथा तथ्याङ्क संकलन गर्ने काम गरेको भन्दै नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचनामार्फत ध्यानाकर्षण गराएको छ ।

अध्ययन अनुसन्धान प्रयोजनको लागि नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृतिमा प्राधिकरणबाट उडान अनुमति लिई राज्य राज्यले निषेधित भने तोकेका क्षेत्रबाहेक प्राधिकरणले तोकेको हवाइ क्षेत्र र शर्तहरुका अधीनमा रहेर मात्रै ड्रोन उडान गर्न प्राधिकरणले आग्रह गरेको छ ।

बिनाअनुमति ड्रोन उडान गरे नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५ को उपदफा ३ बमोजिम कारबाही हुने प्राधिकरणले जनाएको छ ।

हेर्नुहोस् सूचना 

Don

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment