Comments Add Comment

नेपालका भूकम्प पीडितलाई सघाउँदा इजरायल किन आलोचित ?

स्टेभेन ए कुक

नेपालमा गएको विनाशकारी भूकम्पबाट प्रभावितको खोजी तथा उद्दारका लागि गत हप्ता इजरायलले डाक्टर तथा विशेषज्ञ सहितको टोली काठमाण्डौ पठायो । इजरायली प्रतिरक्षा बलले डाक्टर, नर्स तथा विपतमा बेपत्ताहरुको खोजी तथा उद्दार कार्यका लागि विज्ञसहित २ सय ६० जनाको टोली नेपाल पठाएको थियो ।

इजरायल डिफेन्सी फोर्सका कमान्डर मेजर जनरल योइल स्ट्रिकसँगको शिष्टाचार भेटमा प्रधानसेनापति गौरव शम्शेर राणा
इजरायल डिफेन्सी फोर्सका कमान्डर मेजर जनरल योइल स्ट्रिकसँग प्रधानसेनापति गौरव शम्शेर राणा

तर, इजरायलको उक्त मानवीय सहयोगलाई प्रोपोगान्डाको रुपमा कतिपयले विश्लेषण गरे, खासगरी पश्चिम किनारामा इजरायलले गरिरहेको हस्तक्षेप तथा गाजा क्षेत्रको कमजोर मानवीय अवस्थाबाट विश्वको ध्यान अन्तै मोड्ने प्रयासको रुपमा इजरायलले नेपालमा उद्दार तथा खोजी टोली पठाएको भन्ने खालका टिप्पणी भए ।

प्यालेस्टाइनको सम्बन्धमा प्रश्न उठाउने हो भने इजरायलले जवाफ दिनुपर्ने कुराहरु धेरै छन् । पश्चिम किनारामा प्यालेस्टाइनी भूमिमाथि लगातारको मिच्याइँ देखि गाजामा भैरहेको हत्या तथा ध्वंससम्म । तर, यी यावत् विषयसँग नेपालका भूकम्प पीडितको राहतको विषयको सम्बन्ध कहाँ छ ? यद्यपि इजरायलले गर्ने सबै काम आफ्नो सार्वजनिक पैरवी प्रसंशाका लागि नै गरेको हुन्छ ।

इजरायली सेनाको नेपाल मिसनका बारेमा इजरायल विरोधी अभियानकर्ताहरुले आलोचना गर्नु अपेक्षाकृत नै हो, भलै यो अनौठो किन नहोस् । तर, मानव अधिकारको पैरवी गर्नेहरुले नै नेपालमा राहत पठाउने इजरायली कदमप्रति प्रश्न उठाउनु अलि अनौठो कुरा बनेको छ ।

ह्युमन राइट्स वाचका केन रोथले एउटा टि्वट गरेे, ‘इजरायलले गाजामा सिर्जना गरेको नजिककैको मानवीय विपत्तिभन्दा टाढाको मानवीय विपत्ति सम्बोधन गर्न सजिलो । नाकाबन्दी अन्त्य गर ।’

रोथका अनुसार गाजाकै कारण इजरायलीहरु नेपालमा राहत पठाउन अयोग्य छन् । तर, गाजाको मानवीय अवस्थाको सम्बोधन गर्नु वास्तवमा कति कठीन छ भन्ने कुरामा भने उनी अनभिज्ञ देखिन्छन् ।

Help-for-Women
घाइते महिलाको उद्दार गर्दै

यदि मैले तत्कालै उक्त टि्वट देखेको भए गम्भीर रुपमा जवाफ दिने थिएँ । हो, नेपालमा राहत पुर्‍याउन सजिलो छ, गाजामा भन्दा । कसरी ? यसका केही दृष्टान्त छन्-

-सन् २००५ देखि प्यालेस्टाइनी क्षेत्रबाट इजरायलमा १५ हजार रकेट प्रहार गरियो ।
-नेपालीहरुले अहिलेसम्म इजरायलमा एउटा पनि रकेट प्रहार गरेका छैनन् ।
-इजरायल र प्यालेस्टाइनबीचको द्वन्दको कुनै समाधान छैन ।
-नेपाल र इजरायल बीच कुनै द्वन्द्व छैन ।

इजरायलले सन् २००५ मा गाजाक्षेत्रबाट सेना फिर्ता गरेे पनि गाजाको सीमाक्षेेत्र, हवाइ क्षेेत्र तथा जलश्रोतमाथि पकड जमाइरहेको छ, जसका कारण त्यहाँका १८ लाख बासिन्दाको जीवन निकै कष्टकर बनिरहेको छ र उक्त क्षेत्र खुल्ला हवाइ जेलका रुपमा परिणत भएको छ ।

इजरायलीहरुका लागि गाजा भनेको रकेट हो, सुरुङ हो र आतंककारी हो । तर, नेपाल भने मन्दिर हो, पहाड हो र असल मानिसहरुको देश हो । त्यसैले वास्तवमा नेपालको मानवीय संकट सम्बोधन गर्न सजिलो छ ।

रोथको तर्क छ कि नेपालको मानवीय सहायताका लागि इजरायललाई कुनै प्रसंशा गरिनु तथा जस दिनु आवश्यक छैन, किनकि उसले गाजामा मानवीय संकट सिर्जना गरेको छ ।

ह्युमन राइट्स वाचका कार्यकारी निर्देशकले जब नेपालमा मानवीय सहायता उपलब्ध गराउने इजरायली कदमको आलोचना गर्छन् भने उक्त संगठनले इजरायलको मानव अधिकारको अवस्थाका बारेमा आलोचना गर्नु आफैंमा गलत हो ।

(स्टेभेनले लेखेको यो लेख न्युजविकबाट संक्षिप्तरुपमा साभार गरिएको हो । नेपालको विषयलाई लिएर पश्चिमाहरुवीच भइरहेको विवाद र बहसबारे जानकारी दिने उद्देश्यले यो लेख प्रस्तुत गरिएको हो – सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment