Comments Add Comment

भूकम्प पीडित वालवालिकाको ओठमा मुस्कान खोज्दै कोमल वली

komal-oli
काठमाडौं । विनाशकारी भूकम्पको कारण सात हजार बढीको मुत्यु भएको छ भने १४ हजार बढी घाईते भएका छन् । जो बाँचेका छन्, जसको ज्यानमा देखिने चोटपटक छैन । वेला वेलामा आइरहने भूकम्पीय धक्काले तीनको मन पनि त्रस्त छ । ठूला देखि साना केटाकेटीमा समेत मानसिक आघात परेको छ ।

विषेशगरी आफन्त गुमाएका र नातेदार घाइते भएका वालवालिकाले आफूलाई बढी असुरक्षित महसुस् गरेका छन् । बस्ने घर भत्किएको छ, स्कुल चर्केको छ । वरपरका छिमेकी बिरामी परेका छन् । विपदमा परेर त्रिपालमा बसेका वालवालिकाको ओठमा मुस्कान खोज्ने अभियानमा छिन् गायिका कोमल वली ।

भूकम्प गएको तेस्रो दिनदेखि विभिन्न स्थानमा उद्धारमा जुटेकी कोमल अहिले मुख्य त वालवालिकासँग भेटघाटमा ब्यस्त छिन् ‘म चाहन्छु भूकम्पवाट पीडित हरेक वालवालिकाको ओठमा मुस्कान देखियोस् ।’

मंगलवार भक्तपुरको लिबालीमा पुगेर केही घण्टा वालवालिकासँग बिताएकी कोमलले केही गीत सुनाईन् । उनको गीत सुनेर वालवालिका नाचेका थिए । मान्छेलाई तनाववाट मुक्ति गराउने सबै भन्दा सजिलो माध्यम संगीत हो भन्ने कोमल आफु अब वालवालिका भएको ठाउँमा केन्दि्रत हुने योजनामा छिन् ।

‘उमेर पुगेकालाई त फकाएर वा हप्काएर पनि सम्झाउन सकिन्छ । वालवालिकालाई फकाएर सम्झाउनुपर्छ । त्यसका लागि म तयार छु ।’ अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन् ।

बुधवारसम्म ललितपुर, काठमाडौं र भक्तपुरका केही क्याम्पमा पुगेकी कोमल अब काठमाडौं बाहिर जाने योजनामा छिन् । आग्रहको भाषामा भन्छिन ‘समस्यामा परेका वालवालिका भएको ठाउँमा मलाई बोलाउनु होला म दुखेको मनमा मल्हम पट्टी लगाउन प्रयाश गर्ने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment