Comments Add Comment

लालीगुराँस क्लब जापानको टोली राहत र पुर्नस्थापनाका लागि नेपाल आउँदै

tokyo-baseballटोकियो । भूकम्प प्रभावित बेशवल खेलाडीहरुको लागी लालीगुराँस क्लब जापानले राहत र पुर्नस्थापनाको विशेष कार्यक्रम घोषणा गर्ने भएको छ ।

भूकम्प प्रभावित बेशवल खेलाडीहरुको सहयोगकाबारेमा जानकारी लिन शुक्रबार दुई सदस्य विशेष टोली नेपाल आउने भएका छन् । टोलीमा लालीगुराँस क्लब जापानका अध्यक्ष योही कोबायासी र माहासचिब सुजुकी हिदेतोसी रहेका छन् ।

पाँच दिनका लागी नेपाल आउन लागेका टोलीले बेशवल खेलाडीहरुका लागी राहत र पुर्नस्थापनाको विशेष कार्यक्रम घोषणा गर्ने रोशन थापाले जनाएका छन् ।

क्लबले जापानमा स्थानीयस्तरबाट चन्दा संकलन गरेर पहिलो चरण अन्तरगत भुकम्प प्रभावित २ सय भन्दा बढी घर परिवारलाई राहतस्वरुप विभिन्न सामाग्री उपलब्ध गराउने छ भने त्यस पछि विशेष कार्यक्रम घोषण गर्ने जानकारी गराएको छ ।

क्लबले भुकम्पका कारण लाखौं जनता प्रभावित भएको र प्रभावित अधिकांशको जीवन बचाउन सहयोग आवश्यक भएको भन्दै सहयोगको राशी बढाउन अन्र्तराष्ट्रिय समुदाय र जापान सरकारसँग आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment