Comments Add Comment

सलमानको अन्तिम फैसला आज, खानलाई भेट्न पुगे साहरुख

salman-coart
सन् २००२ देखि चल्दै आएको सलमान खानको ‘हिट एन्ड रन केस’को अन्तिम फैसला आज हुँदैछ । सलमान खान बहिनी अर्पिता खान र भाई अरवाज खानको साथमा अदालत पुगिसकेका छन् । सलमान खानले यदि यो मुद्दा हारेको खण्डमा उनलाई १० बर्ष जेल सजाय हुनसक्छ । यसैले पनि उनका लागि आजको दिन विशेष छ ।

मुम्बईको सेसन कोर्टले आज १३ बर्षदेखि चल्दै आएको मुद्दाको फैसला सुनाउँदैछ । यसैले पनि उनलाई भेट्नका लागि बलिउडका थुप्रै चलचित्रकर्मी सलमानको घर पुगेका छन् । सलमानलाई भेट्न बलिउड नायक साहरुख खान पनि ग्यालेक्सी अपार्टमेन्ट पुगेका थिए । उनले सलमानसँग करिब १ घन्टा समय बिताएको बताइन्छ ।

सलमानकी बहिनी अर्पिताले ट्विट गर्दै आफूहरुका लागि आजको दिन ठूलो भएको बताउँदै यो दिनमा आफूहरु एक्लै नभएको जनाएकी छिन् । सलमान खान अदालत जानु अघि पिता सलिम खानसँग अंकमाल गर्दै छुट्टएिका थिए ।

सलमानको फैसला नेपाली समय अनुसार ११ बजेर ३० मिनेटबाट सुरु हुनेछ । सरकारी वकिलले सलमानले मदिरा सेवन गरेर गाडी चलाएको दाबी गरेका छन् । तर, सलमानका वकिलले भने उनका ड्राइभरले गाडी चलाएको दाबी अदालत समक्ष गरेका छन् । सलमान खानको यो मुद्दालाई लिएर २ हजार करोडको बाजी पनि बजारमा लागेको भारतीय मिडियाले बताएका छन् ।

मदिरा सेवन गरेर सलमानले गाडी चलाउँदा १ जनाको निधन र ३ जना घाइते भएको आरोप उनलाई लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment