Comments Add Comment

कतारमा मे दिवसमा मजदूरले शोक मनाए

दोहा । कतारमा रहेका नेपालीहरुले यो वर्षको मे दिवसमा शोक मनाएका छन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा कतार नेपाली एकता समाज केन्द्रीय समितिले भूकम्पमा ज्यान गुमाएकाको शोकमा श्रद्धाञ्जली कार्यक्रम गरी मजदुर दिवस मनाएका हुन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अर्जुन थापा, एकता समाजका प्रथम उपाध्यक्ष मदन श्रीस मगर, सचिवालय सदस्य हेमन्त वाईवा, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष हुमाकान्त आचार्य लगायतको उपस्थिति थियो ।

कार्यक्रममा भूकम्पबाट पीडितलाई राहत संकलन गर्ने काममा लाग्ने निर्णय गरेका छन् । सोही कार्यक्रममा नौ हजार संकलन भएको संस्थाका अध्यक्ष लुमाकान्तले जानकारी दिए ।

–उद्धव मगरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment