Comments Add Comment

फेसबुके भन्छन्- राहत दिनुभन्दा पार्टी खाइन्छ !

२३ वैशाख काठमाडौं । नेपालीहरु सामाजिक सञ्जालमा सक्रिय छन् । फेसबुक, टि्वटर चलाउनेमा युवापुस्ता बढी सक्रिय छ । नेपालमा मात्रै होइन, संसारभरि छरिएका नेपालीहरु सामाजिक सञ्जालमा सक्रिय छन् ।

यही सामाजिक सञ्जालको माध्यमबाट यतिबेला नेपालीहरुले भूकम्प पीडितका लागि राहत संकलन गरिरहेका छन् । पीडितप्रति सहानूभूति जनाइरहेका छन् । तर, केहीले भने यस्तो बेलामा प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुभन्दा पार्टी खाएर रमाइलो गर्ने सन्देश फेसबुकबाट प्रवाह गरेका छन् ।

Notice
हङकङमा रहेको नेपाली वाणिज्य दूतावासले भूकम्प पीडितका लागि सहयोग गर्न चाहनेहरुका लागि खाता खोलिएको जानकारी दिँदै सहयोग गर्न चाहनेहरुका लागि सूचना जारी गरेको छ ।

वाणिज्य दूतावासको सूचनाबारे सबैलाई जानकारी होस् भन्ने उद्देश्यले हङकङमै रहेका चर्चित कवि हाङयुग अज्ञातले उक्त सूचना आफ्नो फेसबुकमार्फंत सार्वजनिक गरे ।

तर, बुधबार बिहानसम्म कवि अज्ञातको स्टाटसमा कुनै पनि नेपालीले भूकम्प पीडितलाई सहयोग गर्ने इच्छा देखाएका छैनन् । बरु राहत दिनुभन्दा पार्टी खाने वा फुटबल क्लबमा गएर फुटबल खेल्ने प्रतिक्रिया आएका छन् ।

वाणिज्य दूतावासको आग्रहमाथि कमेन्ट गर्दै धन राई झरीले फेसबुकमा लेखेका छन्-‘वाहियात, बाहिरको राष्ट्रले गरेको सहयोग त ९५ प्रतिशत खान्छ यी भातेहरुले अझ नेपालीहरुले १८ घण्टा काम गरेर यिनीहरुको खातामा हाल्नुभन्दा सहयोग नगर्नु नै उचित हुन्छ ।’
त्यसैगरी दिपेन लिम्बु सिरेङले लेखेका छन्-‘यो झुसे बूढाको खातामा हाल्नु भन्दा त जक्की क्लबमा गएर फुटबल पो काटिन्छ ।’

लासाङ निङलेकु कमेन्ट लेख्छन्-‘यो खातामा डिपोजिट गर्नुभन्दा मजाले पार्टी गर्दा जित्छ । उता चोरहरुले चामल बेच्नु थालिसको ।’

Honkong

विदेशमा रहेको नेपालीहरुले नेपाल सरकारप्रति तीव्र अविश्वास गरेको यो स्टाटसबाट स्पष्ट हुन्छ । तर, विदेशमा रहेका नेपाली दूतावासहरुले गरेको सहयोगको आह्वानमा यस्तै नकारात्मक प्रतिक्रिया र आशंकाहरु जन्माइरहने हो भने नेपालमा अप्ठ्यारोमा परेका पीडितहरुले कसरी राहत पाउनलान् ? यस विषयमा बहस गर्नैपर्ने भएको छ ।

सरकारले पनि विदेशमा श्रम गरिरहेका नेपाली दाजुभाइ दिदी बहिनीहरुको विश्वास आर्जन गर्ने र सरकारी कोषमा रहेको दुरुपयोग हुँदैन भनेर नागरिकलाई विश्वासमा लिन जरुरी देखिएको छ ।

सरकारी खातामा रकम जम्मा गर्न विदेशमा रहेको नेपालीले हिच्किचाए पनि आफ्नै पहलमा सामाजिक सञ्जालको प्रयोग गरेर सहयोग जुटाउने कार्यमा नेपालीहरु सक्रिय देखिएका छन् ।

अध्ययनका लागि क्यानडा गएका धनकुटाका कृष्ण भण्डारीले फेसबुकमा आह्वान गरेर दुई सातामा ४५ हजार उठाएको र नेपालको कुनै विद्यालयलाई सहयोग गर्न चाहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment