Comments Add Comment

भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ६५२ पुग्यो

२३ वैशाख, काठमाडौं । भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ६५२ पुगेको छ । १६ हजार ३९२ घाइते भएका छन् । भग्नावशेषहरुमा शव उत्खनन्को काम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने छ ।

फाइल तस्वीर
फाइल तस्वीर

सबैभन्दा धेरै सिन्धुपाल्चोकमा क्षति भएको छ । गृहमन्त्रालयको बुधबार विहान ८ बजेसम्मको विवरण अनुसार सिन्धुपाल्चोकमा २९३९ जनाको मृत्यु भएको छ । ८५२ जना घाइते छन् । ४४ हजार ३१० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आंशिक क्षति भएका घरहरुको संख्या १८ हजार ९९१ छ ।

यसैगरी काठमाडौंमा मृतकको संख्या १ हजार २०९ छ । ४ हजार ६३४ जना घाइते छन् । भक्तपुरमा ३०८ र ललितपुरमा १७४ जनाको मृत्यु भएको छ ।

नुवाकोटमा ९०९, धादिङमा ७०२, रसुवामा ४५६, काभ्रेमा ३१६, दोलखामा ७३, सोलुखुम्बुमा २२ र ओखलढुंगामा १९ जनाको मृत्यु भएको छ ।

earthquake disaster

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment